‘विकासको नयाँ मोडेल तयार पार्छौं’
Thursday, May 26th, 2022, 8:18 am
Kalpristha
वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावमा नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १२ मा तीर्व प्रतिस्पर्धा देखियो । उक्त प्रतिस्पर्धाबाट वडा अध्यक्षका रुपमा नेपाली कांग्रेसका तरुणकुमार बज्राचार्य निर्वाचित भए । ५ वर्ष वडा सदस्यको रुपमा काम गरिसकेका बज्राचार्यसँग उनको अनुभव, योजना र उनीप्रतिको वडावासीको विश्वासका बारेमा गरिएको कालपृष्ठ संवाद्…
चुनावी अवस्थामा नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १२ एकदमै प्रतिस्पर्धात्मक देखियो । त्यस्तो अवस्थामा वडावासीले तपाईँ जिताउनु कारण के होला ?
वडा नम्बर १२ तपाईँले भनेजस्तो ५ दलबीच एकदमै प्रतिस्पर्धा थियो । त्यो अवस्थामा हामी अरुभन्दा के फरक थियौं भने, विगतका दिनमा पनि नेपाली कांग्रेसले जितिसकेको र सांगठनिक हिसावमा बलियो र चुनावमा मसँग जोडिनु भएका व्यक्तिहरुको अथक प्रयास । जो पानीमात्र खाएर पनि वडाको विकासका लागि नेपाली कांग्रेलले जित्नु पर्छ भनेर लाग्नु भयो । त्यसको परिणाम हो यो । जसले गर्दा वडाको विकासमा १२ नम्बर वडावासी एकजुट हुनु भयो र अरुभन्दा धेरै मत ल्याएर हामीले चुनाव जितेका हौं । यसमा मेरोमात्र नभएर, नेपाली कांग्रेसको मात्र नभएर सम्पूणर् वडावासीको जित भएको अनुभुति सबैले गर्नु भएको छ ।
तपाईँ निवर्तमान वडा सदस्य भएर निवर्तमानमा वडा अध्यक्षलाई हराएर निर्वाचित हुनु भयो । जनताका लागि वडा अध्यक्षभन्दा वडा सदस्यका रुपमा तपार्इँले जनताको विश्वास जित्नु भएको हो ?
यसका विशुद्ध वडावासीको विश्वास मैले जितेको छु भन्दा पनि मेरो जीवन नै यहि व्यतित भएको छ । मेरो जन्मथलोदेखि कर्म थलो यही नै रह्यो । यही वडामा १६ वर्ष शिक्षक पेसा पनि गरे । त्यसले गर्दा मेरो वडावासीसँगको सम्पर्क नजिकको रह्यो । त्यो सँग-सँगै मेरो ५ वर्षे कार्यकाल विशुद्ध इमान्दारिताका साथ पूरा गर्दा त्यसको जनताले मूल्यांकन गर्नु भयो । हिजोका दिनमा वडा अध्यक्षले कहिकतै बाटो बिराएको अवस्थामा मैले झस्काउने काम गर्थे । त्यसैले यसपटक मलाई वडावासीले १२ नम्बरको जिम्मेवारी दिनु भएको हो ।
तपार्इँ निर्वाचित भएर आई सकेपछि के-के कामका सुरुवात गर्नु भएको छ ?
हामीले वडाको पदभार कार्यक्रमसँगै पहिलो बैठकबाट एकदमै महत्वपूणर् ४ वटा निणर्य गर्यौ । जसमा हाम्रो वडाभित्र रहेका सम्पत्तिहरु अतिक्रमण भई रहेका छन् । त्यो सम्पत्तिको संरक्षण र उचित प्रयोगका लागि हामीले निणर्य गरेका छौं । अर्को वडामा रहेका ज्येष्ठ नागरिकहरुका लागि आफ्नो उमेर समूहका नागरिकसँग कुराकानी गर्न, समय व्यत्तित गर्न, बसिवियालो गर्ने थलोका रुपमा एउटा स्थान बनाउन पर्छ है भनेर ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने निणर्य पनि गरेका छौं । त्यस्तै हाम्रो वडाभित्र रहेका विद्यालयको अवस्था पनि सन्षोसजनक छैन । उनीहरुको स्तरोन्नतिका लागि भवन बनाएर वा अन्य विभिन्न सहयोग गर्ने भनेर पनि निणर्य गरिसकेका छौं ।
तपाईले वडामा देखेका त्यस्ता ठूला समस्याहरु के-के छन् ?
मेरो ५ वर्षे अनुभवबाट मलाई वडाअध्यक्षको रुपमा काम गर्न सजिलो त भएको छ । यस अन्तरमा वडामा खुल्ला मदिरापानको समस्या रहेको देखेकोे छु । दिउँसै मदिरा सेवन गरेर हिँडेको पाइन्छ । युवाहरु बेरोजगार अवस्थामा हुनुहुन्छ । अर्को वडामा सुरक्षाको समस्या रहेको छ । दिउँसै घरबाट चोरी भएका घटनाहरु पनि आई रहेका हुन्छन् । समाजिक उत्तरदायित्वका समस्या अझै वडामा छन् । अmभै पनि केही समूहका बालबालिका विद्यालय गई रहेका छैनन् । तिनीहरुलाई विद्यालय लानु छ । विभिन्न बाटाघाटाहरु बनाउन बाँकी नै छ । यी सबै कामहरु यो ५ वर्षे कार्यकालमा सम्पन्न गर्ने योजनामा छौं ।
यो ५ वर्षमा वडा नम्बर १२ लाई कस्तो बनाउँछु भन्ने भिजन लिनु भएको छ ?
विकास भनेको निरन्तर भई रहने प्रक्रिया हो । आज हामीले जुन किसिमको विकास खोज्छौं । केही समयपछि त्यो पुरानो हुन्छ । त्यसैले हामी नयाँ विकासको खोजीमा लाग्नु पर्छ । यो ५ वर्षमा सम्पूणर् वडा समितिले गर्न सक्ने काम गर्ने हो । अहिलेको आवश्यकता के हो त त्यो पूरा गर्न हामी सम्पूणर् लागि पर्नेछौं । नयाँ आउने साथीहरुका लागि हामीले जग बसाल्ने काम गर्न हो । वडा संचालन गर्नका लागि रोडम्याप बनाउने योजना छ । विकास गर्नेमात्र नभएर कस्तो विकास गर्ने भन्नेमा हाम्रो गहन अध्ययन रहने छ । अर्को कुरा हामीले चारवटा कुराहरुलाई निरन्तरता दिने योजनामा छौं । पहिलो त गरिब, निम्न वर्गहरुका लागि ब्लड आवश्यकता परेको बेला तिर्नु पर्ने निम्न रकम र भेरी अस्पतालमा चेकजाँचको लागि लाग्ने रकम वडाले तिर्नेछ । साथै कक्षा १२ सम्मको अध्ययनका लागि वडाले नेपालगन्जमा रहेका विद्यालयहरुसँग समन्वय गरेर पिछडियका वर्ष, जोसँग आर्थिक अभाव छ त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने योजना रहेको छ ।