अञ्जनी माता रसोईलाई सहयोग गर्न वडाअध्यक्षलाई आग्रह
Thursday, May 26th, 2022, 4:20 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट र उप-मेयर कमरुद्दीन राईले नगरमा रहेका २३ वटै वडासँग अञ्जनी माता रसोईलाई सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार अञ्जनी माता रसोईले आयोजना गरेको नवर्निवाचित स्थानीय जनप्रतिनिधिलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मेयर र उप-मेयरले रसोई घरलाई निरन्तरता दिन सबै वडाले सहयोग गर्नु पर्ने बताए ।
अंजनी माता रसोईका संरक्षकसमेत रहेका मेयर विष्टले नेपालगन्जलाई चिनाउन अञ्जनी माता रसोईले पनि सहयोग गरेको बताएका छन् । अञ्जनी माता रसोईमो विभिन्न २५ जिल्लाबाट आएका व्यक्तिहरुले खाना खाने भएकाले यसको रसोईले नेपालगन्जलाई चिनाउन थप मद्दत पुगेको बताए ।
उनले कोभिड अवस्थालाई स्मरण गर्दे व्यक्ति विभेदकारी कोरोना कालको समयमा पनि अंजन रसोईले खाना खुवाएर कोभिड नियन्त्रणमा महत्वपूणर् भूमिका खेलेको विष्टले बताए । उनले भने, ‘कोरोनाको महामारीमा म स्वयम्ले यहाँबाट लगेर खाना खाएको छु । कति व्यक्तिहरु जसले समुदायबाट अपेहेलित हुनु परेको थियो । सो समयमा अञ्जनी माता रसोईले उनीहरुलाई खाना खुवाएको छ ।’
विष्टले उक्त रसोईलाई आर्थिकरुपमा बलियो बनाउन सबैले चासो दिनु पर्ने बताए । उनले हरेक नेपालगन्ज वासीले आफूले गर्न सक्ने सहयोग गर्नु पर्ने बताए ।
विष्टले नेपालगन्जमात्र नभएर आसपास अन्य पालिकासँग पनि सहयोगका लागि समन्वय गर्ने योजना रहेको बताएका छन् ।
.
कार्यक्रममा उप-मेयर राईले पालिकामा रहेका सबै वडाले वार्षिकरुपमा अञ्जनी माता रसोईलाई बजेट छुट्याउनु पर्नेमा जोड दिए । ‘नगरपालिका भित्र रहेका सबै वडाले वार्षिक रुपमा अञ्जनी माता रसोईका लागि बजेट छुट्याउन हामी आग्रह गर्छौं । धेरै नभए पनि वर्षको ५० हजारमात्र छुट्याइयो भने २३ वडाको ११ लाख ५० हजार हुन्छ । त्यसले रसोईलाई ठूलो मद्यत पुग्छ,’ राईले भने ।
राई सबैभन्दा ठूलो धर्म मानव धर्म भएको भन्दै भोकालाई खाना खुवाउनु भन्दा ठूलो धर्म अरु नभएको बताउँछन् । नेपालगन्ज उप-महानगरले पहिलो बैठकबाट महिनाको थप ५० हजार रसोईलाई दिने निणर्यसँगै अन्य सहयोगका लागि पनि उप-महानगरपालिका तयार रेहेका बताए ।
अञ्जली माता रसोईलाई यसअघि महिनाको ५० हजर नगरले दिँदै आएको थियो । नवनिर्वाचित जनप्रतिनिधिले थप ५० गरी महिनाको १ लाख रुपैयाँ दिने निणर्य गरेका थिए ।
कार्यक्रममा नेपालगन्जका सबै वडाका वडा अध्यक्षसहित वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा अञ्जनी माता रसोईले सबै जनप्रतिनिधिलाई सम्मान गर्दै मायाको चिनो समेत प्रादान गरेको थियो ।
कार्यक्रम पश्चात सबै जनप्रतिनिधिहरुले अञ्जली माता रसोईमा खाना खाएका थिए ।
.