रक्तदान गरेर प्रेस युनियनले मनायो स्थापना दिवश
Friday, May 27th, 2022, 12:28 pm
Kalpristha
नेपाल प्रेस युनियन बाँके शाखाले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसका अवसरमा बाँके शाखाले नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल प्रेस युनियन बाँके शाखाले भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रमा बाँकेका पत्रकार एवम् समाजसेवीलाई बोलाएर रक्तदान कार्यक्रम संचालन गरेका हो । सो कार्यक्रमकोे नेपालगनन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदटन गरेका छन् ।
त्यसक्रममा नगर प्रमुख विष्टले पछिल्लो समय देखिएको रगत अभाव पूर्ति गर्नलाई गरिएको रक्तदान कार्यक्रम अत्यन्त सराहनीय रहेको बताए । उनले समाजका तथ्यतथ्य उजागर गर्दै जनतालाई सुसूचित गर्न पत्रकारहरु अझ सबल हुने विश्वास व्यक्त गर्दै जनप्रतिनिधिहरुलाई खबरदारी गर्न पनि आग्रह गरे ।
रक्तदान कार्यक्रम अहिले पनि रक्तसञ्चार केन्द्रमा जारी रहेको छ । युनियनले शुक्रबार बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम संचालन गरेको छ ।
त्यस्तै गरी युनियन बाँकेले आजै दिउँसो ३ बजे शुभकामना आदानप्रदान तथा पात्रो विमोचन कार्यक्रमको पनि आयोजना गर्ने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी गराए ।