लोकतन्त्रमै व्यवसायिक पत्रकारिता फस्टाउँछः सह–महामन्त्री राठौर
Friday, May 27th, 2022, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १० जेठ
नेपाल प्रेस युनियन बाँकेले ३१औं प्रेस युनियन दिवसको अवसरमा नेपालगन्जमा रंक्तदान, भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार विहान नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले रगतदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रगतदान गरेका छन ।
बाँकेमा रगतको अभाव भैरहेको बेला प्रेस युनियन बाँकेले निकै मानवीय कार्य गरेको भन्दैं आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिन मेयर विष्टले सुझाव दिए ।
यसैगरी दिउँसो नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, नेपाली कांग्रेस बाँके सभापति नारायण गौडेल, प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओली लगायतले भित्तेपात्रोको विमोचन गरे ।
शुभकामना दिने क्रममा सह महामन्त्री राठौरले नेपालको प्रजातान्त्रिक आन्दोलन र परिवर्तनमा प्रेसको भुमिका महत्वपुर्ण रहेको भन्दैं आफनो पेशामा इमानदारिताका साथ लाग्न युनियन समद्ध पत्रकारलाई आग्रह गरे । उनले भने,‘नेपाली कांग्रेसले बनाएका शुभेच्छुक संगठन गतिशिल छन कि छैनन । तिनलाई कसरी गतिशिल बनाउने भन्नेमा कंग्रेसको नेतृत्व गम्भिर भएर लाग्नु पर्छ । प्रेस युनियनमा लागेका पत्रकारले पार्टीलाई परेको बेला सहयोग गर्नु पर्छ । कंग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर तपाईको योगदान हुनु पर्छ ।’
लोकतन्त्रमै व्यवसायिक पत्रकारिता फस्टाउने भएकोले पत्रकारितालाई स्वच्छ बनाउन युनियनले समीक्षा गरेर अगाडी बढनु पर्नेमा राठौरले सुझाव दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बाँकेमा नेपाली कांग्रेसलाई स्थानीय तहको चुनावमा सफलता दिलाउन प्रेस युनियनको भुमिका ज्यादैं प्रंशसनीय भएको बताए । प्रजातन्त्रलाई जोगाउन निस्पक्ष पत्रकारिताको भुमिका महतत्वपुर्ण रहने उनले बताए ।