गजल
Saturday, May 28th, 2022, 10:05 am
Kalpristha
चिरञ्जिवी ढकाल
फोक्सोमा भरिएको पानीलाई, झिकेरै फाल्नुपर्छ ।
किन पर्खेर बस्ने हानीलाई, झिकेरै फाल्नुपर्छ ।
सुम्सुम्याउने कन्याउने र, आफ्नै हो झैँ बनाएर,
मुटु कलेजो झिकी खानीलाई, झिकेरै फाल्नुपर्छ ।
एकपटक भए सहनु, दोहोरिन्छ बारबार,
राखेर काम छैन अज्ञानीलाई, झिकेरै फाल्नुपर्छ ।
आस्थामाथि घेराबन्दी हुँदा, अप्ठ्यारोमा पार्टी छँदा,
अलपत्र बनाई जानीलाई, झिकेरै फाल्नुपर्छ ।
……
के खुसी हुन्छौ हे मनुवा ? जीत छैन कसैको ।
एकता कमजोर हुँदा, हीत छैन कसैको ।
एउटा पूर्वको यात्री, अर्को छ पश्चिम जाने,
भन्दा जे सुकै भन, मन मीत छैन कसैको ।
कोही बजाउछ गीतार, कोही ठोक्छौ मादल,
एक आपसमा मिल्ने, संगित छैन कसैको ।
साथी गरिब सताउने, तिमी विद्रोह गर्ने,
शोषक र सोसित, उस्तै रित छैन कसैको ।
दुई दिनको घामछायाँ, सत्रुको हो त्यो मायाँ,
जीवन त्यसरी बित्ने, किन्चि
……
भुल्नै खोजेनी अ हँ सकिन्न,तिम्रा घात अब ।
सत्रु जिताउन तिमी, नसुतेका रात अब ।
भेटमा अंगालो हालेर, मायाँ गरे झैँ गर्ने,
पछाडि धारे हात लाउने, वैरी हात अब ।
देखिन्थे पल पलमा, छलफल गर्ने झुण्ड,
तिम्रो समिपमा जुट्ने, सकल जमात अब।
अरे ग-यौ सकेको जति, बाँकी केही नराखी,
गुन्जी रहेनेछन् कानमा, ती तिम्रा बात अब ।
जनता माथि तिमीले, ठूलो आघात पुर्यायौं,
छिपेको छैन यो जगमा, त्यो खुराफात अब ।
राझाँ, बाँके