राष्ट्रिय बादी युवा सम्मेलन संचालन
Saturday, May 28th, 2022, 7:30 pm
Kalpristha
बाँकेको नेपालगन्जमा राष्ट्रिय बादी युवा सम्मेलन संचालन भएको छ । तीन दिनसम्म संचालन हुने सम्मेलनको शुक्रबार उद्घाटन गरिएको हो ।
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा सामाजिक न्याय, प्रतिस्प्रधात्मक शिक्षा तथा उत्पादनशील व्यवसायिक उत्प्रेरणात्मक युवा सम्मेलनको आइतबार समापन गरिँदै छ ।
सम्मेलनको उद्घाटन कमिट नेपालका अध्यक्ष प्रकाश बादीको अध्यक्षतामा भएको थियो । उद्घाटन समारोह नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आथित्यता तथा उप–प्रमुख कमरुद्दिन राईको विशिष्ट अथित्यतामा सम्पन्न गरिएको थियो ।
सम्मेलनमा नेपालगन्ज उप–महानगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य तथा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख, पत्रकार महासंघका सचिव विनोद डांगी, गैरसरकारी संस्था महासंघ बाँके अध्यक्ष नमस्कार शाह, दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य बुद्ध सुनार, राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली बादी, राष्ट्रिय बादी युवा संजालका केन्द्रीय अध्यक्ष देवीसरा बादीलगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार र विभिन्न आठ जिल्लाका बादी समुदायका युवाहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा जाजरकोट, रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र दैलेख जिल्ला गरी ९ जिल्लाका ९९ जना बादी समुदायका युवा तथा अभियान्ताहरुको उपस्थिति रहेको छ ।
बादी समुदायका यूवाहरुलाई सामाजिक न्याय, प्रतिस्प्रधात्मक शिक्षा तथा उत्पादनमुलक व्यव्सायमा उत्प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।