झडपमा घाइते भएका मियाँको मृत्यु
Saturday, May 28th, 2022, 7:44 pm
Kalpristha
बाँकेको नेपालगन्जस्थित फुलटेक्रामा दुई जनाविच भएको झडपमा घाइते भएको कास्की रुपाकोट–६ का १६ वर्षीष जामुदनि मियाँको मृत्यु भएको छ । झडपमा चक्कु रोपिएर मियाँ घाइते भएका थिए ।
बिहीबार भएको उक्त घटनामा मियाँ घाइत भएका हुन् । उनलाई उपचारका लागि भारतको लखनउ लगिएको थियो । लखनउ पु¥याइएका मियाको जेठ १३ गते राती १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संगल्न १२ वर्षीया मोहम्मद आशिक र मृतक मियाँ फुल्टेंग्रामा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका थिए । दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै झडाप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले दिएको जानकारी अनुसार सो मदरसामा अध्ययन गर्दै आएका आशिकले मियाँकोे छातीमा चक्कु रोपेका थिए ।
घटना गत जेठ १२ गते बेलुका ५ बजे भएपनि शनिबार सार्वजनिक भएको हो । उनीहरु आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातिमा मुटुमै रोपिन गई गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा दुबैले छातिले एक अर्कालाई धकेला धकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातिमा चक्कु रोपेको देखिएको छ ।
खेल्ने क्रममा विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घटना भन्ने विषयमा प्रहरी अनुसंन्धानकै क्रममा रहेको छ ।
घटनामा संलग्न रहेका आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव भारतको लखनउबाट नेपालगन्ज ल्याई र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ ।