हिमाली टाइगरद्धारा भलिवलको रनिङ शिल्ड कब्जा, कपिल चन्द उत्कृष्ट खेलाडी
Monday, April 17th, 2017, 12:58 am
amit
अष्टिन (टेक्सास)- हिमाली टाइगर भलिवल टिम किलिन टेक्सासले ग्रेटर अष्टिन नेपाली सोसाइटीले आयोजना गर्ने नयां वर्ष कप भलिवल प्रतियोगिताको रनिङ शिल्डमा कब्जा जमाएको छ ।
नेपाली नयां वर्षका अवसरमा शनिबार अष्टिनमा सम्पन्न नयां वर्ष कप भलिवल प्रतियोगितामा उपाधी हात पार्दै लगातार तिन वर्ष बिजेता बन्दै रनिङ शिल्डमा आफ्नो कब्जा जमाएको हो । फाइनलमा सिस्ने हिमाल भलिवल टिमलाई हराउंदै हिमाली टाइगरले उपाधी पक्का गरेको हो ।
तिन वर्षदेखी हिमाली टाइगर भलिवल टिम किलिनले अष्टिनमा भलिवल प्रतियोगितामा आफ्नो बर्चस्व कायम राख्दै लगातार उपाधी जित्दै आएको छ । यसपटक पनि बलियो प्रतिद्धन्द्धी सिस्ने हिमाल टिमलाई हराएर उपाधी हात पारेको हो ।
उपाधी जिते संगै हिमाली टाइगरले रनिङ शिल्ड कब्जा गरेको हो भने नगद, प्रमानपत्र र मेडल पनि हात पारेको छ । हिमाली टाइगर संग लगातार पराजित रहंदै आएको सिस्ने हिमाल भलिबल टिममले उपबिजेता बन्दै शिल्ड, नगद, मेडल तथा प्रमानपत्र हात पारेको छ ।
हिमाली टाइगर, अष्टिन टाइगर, सिस्ने हिमाल ए र बी तथा बाग्लङ कालिका भलिवल टिम गरि ५ वटा टिम सहभागी प्रतियोगितामा (बेष्ट प्लेयर) उत्कृष्ट खेलाडी को ट्रफि भने सिस्ने हिमाल टिम अष्टिनका कपिल चन्दले हात पार्न सफल भएका छन् ।