कबड्डी संघले मनायो प्रथम डम्बर थापा स्मृति दिवस
Tuesday, May 31st, 2022, 7:33 pm
Kalpristha
बाँके जिल्ला कबड्डी संघले प्रथम डम्बर थापा स्मृति दिवस मनाएको छ । संघका अध्यक्ष जनार्दन केसीको अध्यक्षतामा प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, विशिष्ट अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’, क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दलगायतको उपस्थितिमा दिवस मनाइएको हो ।
मंगलबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर संघले दिवस मनाएको हो ।
कार्यक्रममा संघले अतिथिद्वारा कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष रहेका स्वर्गीय डम्बर थापालाई मरणोपरान्त पनि गरेको छ । कार्यक्रममा स्वर्गीय थापाको धर्मपत्नी भूमिका थापालाई उक्त सम्मान प्रदान गरिएको छ ।

..
स्वार्गीय थापाको नेतृत्वमा बाँकेमा कबड्डी संघको स्थापना भएको थियो भने कबड्डीको विकास तथा व्यवस्थापनमा थापाको विशेष योगदान रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिष्टले स्वर्गीय थापासँगको सामिप्यता स्मरण गर्दै बाँकेमा कबड्डी संघको लागि थापाले देखेका सपना पूरा गर्न संघलाई आफूले सहयोग गर्ने बताए । विष्टले व्यक्तिगतरुपमा आफू र थापा फरक विचारधाराका भएता पनि आफूहरुबीच दाजु–भाईको सम्बन्ध रहको बताए ।
विशिष्ट अतिथि तुफानले स्वर्गीय थापा सामाजिक, राजनैतिक तथा खेलप्रेमी व्यक्तित्व रहेको बताए । उनले थापाको कमी सिंगो बाँके जिल्लाले महसुस गरेको बताए ।
कार्यक्रमका संघका अध्यक्ष केसीले थापाको निधनले आफू र कबड्डी संघ तथा खेलाडीले अभिभावक गुमाएको बताए । केसीले थापाको स्मरण गर्दै थापाको सपना साकार गर्न आफूले कबड्डी संघ जिम्मेवारी लिएको बताए ।
केसीले कार्यक्रममा डब्बर थापा स्मृति कबड्डी प्रतियोगिता आयोजना गर्नेसमेत घोषणा गरेका छन् । जसका लागि बाँकेका सबै स्थानीय तहले कबड्डी संघलाई सहयोग गर्न केसीले अनुरोध गरे ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रथम उप–प्रमुख उमा थापामगरले कबड्डी प्रतिको थापाको लगाबले बाँकेमा कबड्डी संघको स्थापना भएको बताइन् ।
कार्यक्रममा क्षेत्रीय खेलकुदका प्रमुख चन्द, कबड्डी संघका उपाध्यक्ष सफिक बेहना, इता शर्मा, नेकपा माओवादी खजुराका नेता कान्तुराम गौतमलगायत पनि उपस्थिति रहेको थियो ।

..