एनआरएन अमेरीका: विस्कन्सीन च्याप्टर अध्यक्षका लागी बुद्धि सुबेदीको उम्मेद्वारी घोषणा
Monday, April 17th, 2017, 3:13 am
amit
एप्पलटोन (अमेरीका) – गैर आवासी नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी विस्कन्सीन (Wisconsin) च्याप्टर अध्यक्षका लागी एप्लटोन निवासी बुद्धि सुबेदीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
सबैको साथ, सल्लाह र सहयोगको अपेक्षा सहित च्याप्टर अध्यक्षका लागी उम्मेद्वारी घोषणा गर्नुभएका समाजसेबी तथा व्यवसायी सुबेदीले हिमालपाटी डट कम संग कुरा गर्दै गैर आवासीय नेपालीहरुका लागी केहि राम्रो काम गरेर देखाउनका लागी आफुले उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
बिपत अथवा दुखमा परेका नेपालीहरुलाई तत्काल आर्थिक सहयोग गर्न आकस्मिक कोष स्थापना गर्ने , विस्कन्सीन (Wisconsin) राज्यमा रहेका तिन ठुला शहरमा कम्युनीटी सेन्टर स्थापनाका लागी पहल गर्ने, नेपाली वालवालिकाहरुलाई नेपाली भाषा संस्कृतिबारे जानकारी गराउन नेपाली कक्षाको व्यवस्थ ा गर्ने, नेपाली युवाहरुलाई खेलकुद प्रतियोगिता लगायतका उपलब्धीमुलक कार्यहरु संचालन गर्ने, नेपालमा लगानी गर्न गैर आवासिय नेपालीहरुलाई प्रेरित गर्ने कार्यक्रमहरु संचालन गर्ने लगायतका बिभिन्न योजनाहरु सहित आफुले च्याप्टर सभापतीमा उम्मेद्वारी घोषणा गरेको सुबेदीले बताउनुभयो ।
अफ्रिकाका भोकमरी पिडितका लागी प्रत्येक महिना स्थानीय संस्थामार्फत २ सय डलर सहयोग गर्दै आएका सुबेदीले समाजसेवा गर्ने इच्छा शक्ति र दृढ विश्वास सहित च्याप्टर अध्यक्षका लागी उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
बिभिन्न सामाजिक संगठनमा सक्रिय सुबेदी नेपालको चितवनबाट सन २००३ मा अमेरीका आएर सन २००६ पछि व्यवसाय र सामाजिक कार्यहरु लाई संगसंगै अगाडी बढाइरहेका सुबेदिले च्याप्टर सभापतिमा आफ्नो जित निश्चित रहेको बताउनुभयो ।
विस्कन्सिन राज्य यसपटक देखी च्याप्टरमा बढुवा भएको हो यसअघि यस राज्यबाट १७ जना मात्रै एनआरएन सदस्य बनेकोमा यसपटक च्याप्टरको मापदण्डभन्दा बढि सदस्य बनाइएको बताइएको छ । गत महिना एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल सदस्यता बिस्तारका लागी विस्कन्सीन(Wisconsin) पुग्नुभएको थियो ।