भलिबल संघले आज महत्त्वपूर्ण निर्णय गर्दै
Saturday, June 4th, 2022, 8:37 am
Kalpristha
पोखरा, २१ जेठ
नेपाल भलिबल संघको केन्द्रिय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ ।
पोखरामा हुन लागेको बैठकमा मुख्य गरि सात वटा विषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताइन् ।
संघको बिधान अनुसार अब नयाँ कार्यसमिति चयनका लागी निर्वाचन गर्नु पर्नेछ ।
पोखरामा हुने बैठकले संघको निर्वाचन मिति र निर्वाचनमा आउने प्रतिनिधि लगायतको बारेमा निर्णय गर्ने तयारी गरेको छ ।
उपाध्यक्ष निरोज मास्केका पोखरामा आज सुरु भएको बैठकमा २०७६ बैशाख देखि २०७९ बैशाख सम्मको कार्यक्रम प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन तथा अनुमोदन, ६ औ एनभिए लिगको समिक्षा, प्रथम साउथ एशियन महिला प्रतियोगिता- २०२२, बिधान संशोधन मस्यौदा समिति गठन, जिल्ला, प्रदेश भलिबल संघ गठनको लागी प्रतिनिधि छनोट, प्रदेश र जिल्ला भलिबल संघ गठन, केन्द्रिय कार्यसमितिको निर्वाचन मिति घोषणा, रेफ्री तथा क्लबले दिएको निवेदन, बिबाद तथा २०७९-८० को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।
भलिबल संघको बर्तमान कार्यसमितिको २ बर्ष अघि कार्यकाल सकिसकेको थियो । कोरोनाका कारण संघको निर्वाचन प्रभावित भएको थियो ।
अब नयाँ नेतृत्व चयनका लागि पोखरा बैठकले तीब्र गतिमा प्रक्रिया सुरु गर्ने नेपाल भलिबल संघका केन्द्रिय सदस्य दिपक जिएमले बताए ।