बाल कविता : मेरी छोरी
Saturday, June 4th, 2022, 11:50 am
Kalpristha
कल्पना पौडेल ‘जिज्ञासु’
कति राम्री गुडीया जस्तै छन् मेरी प्यारी छोरी
दिन बिताउँछु यिनैको लागि गीत कविता कोरी
उदास थियो जिन्दगी मेरो सपना थिए अधुरा
छोरीले जन्म लिइन घरमा तिनै रहर भए पूरा
सघाउन यो आमालाई सधै अघि अघि सर्छिन् ।
पढ छोरी भन्दा पनि काम धन्दा मात्र गर्छी ।
न माया ममता सस्कारी बत्तीस गुणकी खानी
आफु हारी सधै अरुलाई जिताउ भन्ने बानी
छोरा खोज्छन त्यै छोराले न रुवाएको कुन्छ
छोरी जन्माउ त्यो घर साँच्चै स्वर्ग तुल्य हुन्छ ।
पुरुष प्रधान त्यो शोच हामीले बदल्नु नै पर्छ ।
सत्य बोल्नुस छोरीले झैँ कुन छोराले माया गर्छ ?
अवसर दिन सक्यौ भने छोरालाइ भन्दा बढी
बदल्नेछन् देश समाज छोरीले उच्च शिक्षा पढी
भेदभाव रहित समाज बनाउन चेतनाको बिर्को खोलौं ।
छोरा छोरी बराबरी भन्ने नारा टोल टोलमा बोलौं ।
भुल्न खोज्दा मिलनका साथहरू अचेल
सम्झिएर रुँदै बित्छन रातहरू अचेल
रित्तीएका म झै उजाड देख्छु बनपाखा
शिसिरमा रुख सँगै पातहरू अचेल
निकालेर मुटु दिँदा पाइदैन् त्यो राज
चिन्नै गाह्रो ति मान्छेका जातहरू अचेल
यौबनमा नैरास्यता छाएपछी हेर
नदन्किँदै निभ्न थाले मातहरू अचेल
सोध्न पाए दैव सँग मनभित्रका प्रश्न
जिज्ञासुलाई हुन्छ किन घातहरू अचेल
खजुरा, बाँके