दिग्यबोधमाथि जनचेतनाको जित
Saturday, June 4th, 2022, 3:22 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज उप-महानगरपालिका क्रिकेट लिगको दोस्रो दिन शनिबार विग्यबोधमाथि जनचेतना युवा क्लबले जित हासिल गरेको छ । विग्य एण्ड बोध स्पोर्टस् माथि जनचेतनाले ६ विकेटले जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको विग्यबोधले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । विग्यबोधका लागि प्रविश गिरीले नटआउट रहेर ३७ बलमा ६१ रनको योगदान दिएका थिए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
विवेक शर्माले २५ बलमा ३ चौकासहित २० रन, उपेन्द्र थपलियाले १८ बलमा २ चौकासहित १२ रन, आशिस आचार्यले १६ बलमा ४ चौकासहित २२ रन र मेघराज ढकालले २१ बलमा १८ रनको योगदान दिए ।
जवाफी ब्याटिङ गरेको जनचेतनाले १७.५ ओभरमा ५ विकेटको क्षतिले लक्ष हासिल गरेको थियो । जनचेतनाका लागि प्रवेश यादवले ३९ बलमा ५ चौकासहित ४९ रनको योगदान दिएका थिए ।
साथै नफिस खानले १४ बलमा ३ चौकासहित १३, असिफ खानले १३ बलमा ७, विशाल पौडेलले ३४ बलमा ७ चौकासहित ४१ रनको योगदान दिए ।
उक्त प्रतियोगितामा जनचेतनाका विशाल पौडेल म्यान आफ द म्याच घोषित भए ।