भलिबल संघद्वारा असार १० गतेसम्म निर्वाचन गर्ने निणर्य
Saturday, June 4th, 2022, 3:55 pm
Kalpristha
नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पूणर् बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निणर्य गरेको छ ।
शनिबार पोखरामा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बाग्मती प्रदेशमा कुमार राज सुबेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कणर्ालीमा ऐन बहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हरक सिंह धामीलाई छनोट गरिएको छ ।
भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेश बाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । यसैगरी बैठकले खेलकुद ऐन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडि बढाउने निणर्य गरेको छ ।

.
शनिबार पोखरामा बसेको बैठकले निर्वाचन मिति भने तोक्न सकेन । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दका अनुसार अर्को बैठकले निर्वाचन मिति बारेमा टुंगो लगाउने छ ।
शनिबारको बैठकले पूर्व अध्यक्ष गगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको बिधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन । बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवाद बारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।