नेजस अमेरीका: डेलिगेट्स भेला आयोजक समुहले भन्यो साधारण सभाको औचित्य छैन
Monday, April 17th, 2017, 9:37 am
amit
टेक्सास (अमेरीका)- नेपाली जन सम्पर्क समिती अमेरीकाको बिबाद फेरी छताछुल्ल भइरहेका बेला असन्तुष्ट डेलिगेट्स भेला आयोजक समुहले संस्थापन पक्षले गर्न लागेको साधारण सभाको औचित्य नभएको आरोप लगाएको छ । जन सम्पर्क समिती अमेरीकाका सभापती आनन्द (गोरख) बिष्टको समुह अर्थात संस्थापन पक्षले यही महिनाको २२ तारिख साधारण सभा आयोजना गर्न लागेका बेला असन्तुष्ट बिष्णु सुबेदीको समुहले पनि सोही दिन अर्थात यही २२ तारिखमा डेलिगेट्स भेला बोलाएको छ ।
भेला सफल बनाउन जन सम्पर्क समिती अमेरीकाका पुर्व संयोजक समेत रहेका सुबेदीको समुहले आइतवार छलफल गरेको छ । छलफलले भर्जिनियामा हुन लागेको साधारण सभाको औचित्य नभएको निश्कर्ष निकालेको बताइएको छ । छलफलले डेलिगेट्स भेला भव्य बनाउन निति तथा बिधान समिती, प्रचार प्रसार समिती, मंच व्यवस्थापन समिती, अतिथी सत्कार समिती र आर्थिक व्यवस्थापन समिती बनाउने निश्कर्ष निकालेको बताइएको छ ।
यस्तै छलफलले जन सम्पर्क समिती ५०१ सी मा गइसकेकोले समितीलाई कांग्रेसको सम्बन्धन कायम गर्ने निश्कर्ष निकाल्दै भेलामा उपस्थित हुन सबैलाई आग्रह गरेको छ । भेलाबारे बिस्तृत जानकारी तथा नेपालबाट आउन लागेका नेपाली कांग्रेसका नेताहरुको जानकारी दिन आउंदो बिहिबार पत्रकार सम्मेलन गरिने असन्तुष्ट समुहका नेता प्रमोद सिटौलाले बताउनुभयो ।
सिटौलाका अनसार भेलाका लागी रजिष्टे«सन शुल्क समेत लाग्ने छैन् ।
यता साधारण सभा आयोजक समितीले साधारण सभाको तयारी तिब्र पारिएको र सभालाई भव्य बनाउन लागी परेको बताएको छ । एकै दिन भर्जिनियामा साधारण सभा तथा न्युयोर्कमा डेलीगेट्स भेला आयोजना गरिएपनि अमेरीकामा रहेका कांग्रेसीहरु असन्तुष्ट बनेका छन् ।