१२ रनले एचएसबिलाई ज्योतिले हरायो
Sunday, June 5th, 2022, 2:11 pm
Kalpristha
कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगिताको आइतबार भएको खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ ले एचएसबि च्याम्पस्लाई १२ रनले हराएको छ ।
निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ज्योतिले एचएसबिलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । एचएसविले १६.३ ओभरमा सम्पूणर् विकेट गुमाउँदै १ सय ३५ रन बनाउन सफल भएको थियो । ज्योतिले टस जितेर ब्याटिङ रोजेको थियो ।
प्रतियोगितामा ज्योतिका लागि रोहन केसीले ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यस्तै सुनिल भण्डारीले १६ बलमा ४ चौकासहित २८ रन, सोम शर्माले १० बलमा १ चौका र १ छक्कासहित २० रन बनाए ।
एचएसबिका गम्भिर जंगमल्लले ३ ओभरमा ३३ रन दिँदै २ विकेट लिएका थिए भने आकास विष्ट र रबिश बर्माले १/१ विकेट लिएका थिए ।
त्यस्तै जवाफी ब्याटिङमा एचएसबिका हर्शद बुढाथोकीले २४ बलमा ६ चौकासहित ३७ रन बनाए । साथै रबिश बर्माले १३ बलमा १ चौका र २ छक्काको मद्दतले २२ र कुनवार धनन्जया सिंहले १५ बलमा २ चौकासहित १९ रनको योगदान दिए ।
प्रतियोगितमा ज्योतिका सोम शर्माले पेल्यर अफ द म्याचको उपाधि हासिल गरे ।