माओवादी केन्द्रबाट कोहलपुर मेयरको प्रत्यासीमा युवा नेता नरेन्द्र न्यौपाने
Tuesday, April 18th, 2017, 3:50 am
amit
संगिन शर्मा
कोहलपुर- प्रभावशालि युवा एवं विद्यार्थी नेता नरेन्द्र न्यौपाने कोहलपुर नगरपालिकाबाट मेयर पदमा चुनाव लड्ने भएका छन ।
माओवादी केन्द्र कोहलपुरले दिएको जानकारी अनुसार मेयरमा नरेन्द्र न्यौपाने र देबि थारु उपमेयरमा चुनाव लड्ने पक्का भएको हो । कोहलपुर नगर समितीले आकाक्षिहरुको नाम सहित जिल्लामा सिफारिस गरेकोमा जिल्ला तथा प्रदेशले मेयरमा न्यौपाने र उपमेयरमा थारुको नाम टुङ्गो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
मेयरको बैकल्पीक उम्मेदवारको रुपमा सुरेश थारुको नाम सिफारिस गरिएको छ । सुरेश थारु उपमेयर पदका उम्मेदवार देबि थारुका श्रीमान समेत हुन । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने आगामि दिनमा प्रदेश कै नेतृत्व गर्न सक्ने नेता भएकोले उनलाई मेयर पदमा अगाडि सारिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तेजप्रसाद चापागाँईले बताए ।
उनले कोहलपुरको बिकास निर्माणमा माओवादीको हस्तक्षेपपुर्ण उल्लेखनिय सहभागिताका साथै युवा नेतृत्वको कारण आफुहरुको जित सुनिश्चित रहेको दाबी समेत गरे । चपागाईका अनुसार कोहलपुरवासीको लामो समय देखिको माग सम्बोधन गर्दै कोहलपुरमै ईलाका प्रशासन कार्यालय स्थापनाका लागि आप्mनो पार्टीले खेलेको नेतृत्वदायी भुमिका नगरवासीले भुल्न नहुने उल्लेख गरे । साथै कोहलपुरमा बिद्युतको शाखा कार्यालय स्थपनामा गर्नुका अलावा बन्द अवस्थामा रहेको नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारण पुनः संचालन गराउन आफुहरु सफल रहेकाले माओवादी पार्टी जनताको मनमा बस्न सफल रहेको बताए ।
अध्यक्ष चापागाईका अनुुसार विगतमा बाँकेको भवानियापुरमा निर्माण हुन गईरहेको नेपालगंज मेडिकल कलेज माओवादी केन्द्रकै दवावका कारण कोहलपुरमा स्थपना भएको समेत स्पष्ट पारे । मेडिकल कलेज स्थापना पछि मात्र कोहलपुरको बिकास सम्भव भएको भन्दै चापागाईले बिगत र वर्गमानमा समेत माओवादी केन्द्रले कोहलपुरमा उल्लेखनिय उपलब्धिहरु संस्थागत गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका निर्वाह गरेको दाबी गरे ।
मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले माओवादी आन्दोलनको बलिदानिपुर्ण संघर्षबाट सिहदरवारको अधिकार कटौति गरी नगरपालिका र गाउँपालिका बनाउन सम्भव भएकाले पनि २ दशक पछि हुन लागेको स्थानिय निर्वाचनमा माओवादीको जित आवश्यक रहेको बताए । उनले माओवादी नेतृत्वमा भएको परिर्वतनलाई स्थायित्व दिन अहिले हुन लागेको स्थानिय निर्वाचनमा माओवादी नेतृत्व अपरिहार्य रहेको बताए । उनले पछिल्लो माओवादी नेतृत्वको सरकारले गरेका उदाहरणीय कामका कारण पनि माओवादीलाई अवसर दिन जनताहरु आतुर देखिएको बताए ।
लामो समय देशि बन्द रहेको नेपाल टेलिभिनको क्षेत्रिय प्रशासण थप क्षमताका साथ पुन प्रशासण गर्न पनि आफुहरु सफल भएको न्यौपानेको दाबि छ । बिकास र परिर्वतका लागि माओवादी नेतृत्व भन्ने मुल नाराका साथ अहिले माओवादी नेताहरु घरदैलो अभियानमा जुटेका छन ।
उपमेयर पदकी उम्मेदवार थारु लामो समय देखि महिला एव थारु आन्दोलनमा सक्रिय भएको माओवादी केन्द्रका नगर सचिव अबिरल खडकाले बताए । बिभिन्न समाजिक क्षेत्रमा क्रियासील थारु माओवादी आन्दोलनका बेला बेपत्ता परिवार समेत हुन । उनले स्थानिय शान्ति समिती बाँकेको नेतृत्वमा रहेर समेत काम गरिसकेकि छन । २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन रझेना गाबिस बडा नं ४ बाट महिला सदस्यमा निर्वाचित भएर काम गरिसकेकी थारु प्रभावशाली महिला नेतृको रुपमा स्थापित छिन ।
यसैबिच माओवादी केन्द्र कोहलपुरले १५ बटै वडाका वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाएको छ । माओवादी केन्द्रका अनुसार हालसम्म वडा बडा नं. १ मा अमर चन्द, २ मा अमर बिक, ३ मा तराकेशर रिजाल, ४ मा तिरथ राम थारु, ५ मा शिव सुनार, ६ मा राम सरण थारु, ७ मा छेदा थारु, ८ मा हस्त बिक, ९ मा छब्बन अलि नट, १० मा देबि लाल बोहरा ,११ मा शेषकान्त शर्मा १२ मा दशरथ पराजुलि, १३ मा गगन राना र १५ मा जगराम थारु सहित अन्य ४ जना सदस्य लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।
समाजीक क्रियाकलापमा सक्रिय, समाबेशि तथा युवपुस्तालाई समेट्ने गरी उम्मेदवार चयनलाई प्रथामिकता राख्दै माओवादी केन्द्र निर्वाचनमा होमिएको न्यौपानेले जानकारी दिए ।