नेपालगन्ज भन्सारको राजश्व संकलन लक्ष्यभन्दा कम
Sunday, June 5th, 2022, 8:35 pm
Kalpristha
नेपालगन्ज भन्सार कार्यालयको राजश्व संकलन लक्ष्य भन्दा कम रहेको छ । भन्सार कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ को वैशाखसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम रहेको हो ।
नेपालगन्ज भन्साको १० महिनामा संकलित राजश्वको तथ्यांग हेर्दा साउन र असोज महिनाबाहेक अरु ८ महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन भएको देखिएको छ । साउनमा १ अर्व ५३ करोड ४४ लाख २९ हजार लक्ष्य लिएकोमा २ अर्व १७ करोड ३८ लाख ६९ हजार राजश्व संकलन भएको छ ।
यो प्रगति प्रतिशत १३१.४८ हो । यस्तै असोज महिनामा २ अर्व ११ करोड २७ लाख लक्ष्य राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्व ३७ करोडबढी संकलन भएको छ । यो प्रगति प्रतिशत १०१.३० हो । तर भदौ, कार्तिक, पुष, माघ, फागुन, चैत र बैशाख महिनामा भने लक्ष्य भन्दा निकै कम राजश्व उठेको हो ।
जस्का कारण नेपालगन्ज भन्सार कार्यालयलाई लक्ष्य हासिल गर्न चुनौति देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा २५ अर्व २१ करोड ६ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
खाद्यन्न, कच्चपदार्थ, पेट्रोलियम पदार्थ लगायतका समानहरु नेपालगन्ज भन्सार कार्यालयबाट बढी आयात हुने गर्दछ । जसबाट बढी राजस्व संकलन हुने गरेको छ । ६५ किलोमिटर खुला सिमाना भएकाले बाँकेमा राजस्व चुहावत् पनि हुने गर्दछ । जसलाई रोकथाम गर्नका लागि नेपालगन्ज भन्सार कार्यालय, सशस्त्र प्रहरी, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायले संयुक्तरुपमा नियान्त्रणका लागि प्रयास गर्दै आएका छन् ।
नेपालगन्ज भन्सार कार्यालयमा चिनी, लत्ताकपडा खद्यान्न पशुपंक्षी तरकारीलगायतका समानहरु चोरी निकासीबाट बढी पक्राउ पर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
अनलाइनखोजखबरको सहयोगमा