‘महिलाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृधिका लागि पहल गर्नेछु’
Thursday, June 9th, 2022, 12:50 pm
Kalpristha
हरेक पालिकामा अध्यक्ष र उपाध्यक्षको भूमिका आ-आफ्नो क्षेत्रमा महत्वपूणर् रहन्छ । पालिकाको सुशासन, विकास र प्रभावकारीता बढाउन पालिका उपाध्यक्षको ठूलो जिम्मेवारी हुन्छ । हाल सबै पालिकामा केही पुराना त केही नयाँ जनप्रतिनिधि निर्वाचन भएर आइसकेको छन् भने सबै पालिकाले पूणर्ता पनि पाई सकेको छ र नयाँ बजेट एवम् नीति तथा कार्यक्रम बनाउन सबै पालिका लागि परेका छन् । यसै सन्दर्भमा नवनिर्वाचित राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुसँग कालपृष्ठकर्मी विक्रम बुढाक्षेत्रीले गरेको कालपृष्ठ संवाद् …
राप्ती सोनारी गाउँपालिकाको जनप्रतिनिधिका रुपमा फेरि पनि नेपाली कांग्रेसका जनप्रतिनिधिलाई गाउँवासीले किन जिताउनु भएको हो जस्तो लाग्छ ?
विगतमा २०७४ सालमा नेपाली कांग्रेसबाट विजयी हुनुु भएको जो जनप्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरुले पालिकाको विकासका लागि एकदमै राम्रो काम गर्नु भएको छ । जस्तो सडकको पाटो, शिक्षाको पाटोमा, स्वास्थ्यको पाटोमा लगायत अन्य पाटोमा जनतालाई फलदायिक विकास भएको जस्तो मलाई लागेको छ । त्यसैले फेरि पनि नेपाली कांग्रेस राप्ती सोनारीवासीले चाहानु भएको छ । नेपाली कांग्रेस पार्टी यस्तो पार्टी हो, जो लोकतान्त्रितक पद्दतीमा विश्वास राख्दछ । जुन कुरा राप्ती सोनारीवासीले मन पराएका छन् । त्यही भएर पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनु भएको छ ।
एउटै पार्टीका उम्मेदवार गाउँपालिकामा दोहेरी रहँदा फाइदा चाही के हुँदो रहेछ ?
पालिकामा जुनसुकै पार्टीका उम्मेदवारले जिते पनि सबैले पालिकाका जनताका लागि काम गर्ने हो । सबैले अघिल्ला जनप्रतिनिधिले गरेका राम्रा कामहरुलाई प्राथमिकता दिनु पर्छ जस्तो मलाई लाग्छ । यसमा फेरि पनि एउटै पार्टीबाट हामीहरु दोहोरिँदा पहिलो कुरा त हामीलाई काम गर्न सजिलो हुन्छ । हाम्रा अग्रजहरुसँग सहजै भेटघाट हुने र पार्टीका कार्यक्रममा पनि हाम्रो भेट भई रहने भएकाले एक अर्कामा समन्वय भई रहन्छ । उहाँहरुसँग सहयोग, सुझाव, सल्लाह लिन सजिलो पनि हुन्छ । उहाँहरुले कतिपय कुराहरु हामीलाई सिकाउनु हुन्छ । हामीले गरेका कामहरु पार्टीले पनि मूल्यांकन गर्ने भएकाले अघिल्ला जनप्रतिनिधिले पनि हाम्रो कामलाई मूल्यांकन गर्नु हुन्छ । र अर्को महत्वपूणर् कुरा उहाँहरुले थालनी गर्नु भएका वा योजनामा रहेका राम्रा कामहरुलाई प्राथमिकता दिन हामीलाई सजिलो पनि हुन्छ ।
तपाईहरु नयाँ बजेटको तयारीमा हुनु हुन्छ । तपाई महिला भएको नाताले कस्ता-कस्ता योजनालाई प्राथमिकता दिनु हुन्छ ?
नयाँ बजेट बनाउने क्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार जस्ता विषयहरु पालिकाको प्राथमिकतामा हुन्छननै । तर म गाउँपालिकाको उपाध्यक्ष र एउटा महिला भएको नाताले महिलाहरुको हकहितका लागि नै मैले काम गर्ने निणर्य लिएको छु । किनभने हाम्रो समाजमा अझै पनि पुरुषवादी सोच रहेको छ । अझ हाम्रो राप्ती सोनारी गाउँपलिकामा अझै पनि सोच परिवर्तन हुन नसकेको अवस्था छ । यहाँका महिला अहिले पनि भान्सामा सिमित रहेको छन् । उहाँहरुको पहुँच व्यसायिक सिपमुलकमा पुग्न नसकेको अवस्था रहेको छ । त्यसैले म त्यो सोचलाई परिवर्तन गर्न चाहान्छु । यसका लागि मैले योजना बनाएकी छु । जस्तै महिला दिदी बहिनीको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम बनाउने, लक्षित वर्ग तथा पिछडियका महिलाहरुको नेतृत्व विकास वा क्षमता अभिवृद्धिका लागि तालिमहरुको व्यवस्था गर्ने, उहाँहरुलाई सिपमूलक तालिमहरु दिने जस्ता कामहरुलाई प्राथमिकता दिने सोच बनाएकी छु । अनि लैङ्गिक हिंसा तथा लैङ्गिक विभेद्का नारालाई जोड दिएर यसलाईनिर्मुल पार्ने कार्यक्रमलाई जोड दिनेछु । त्यस्तै महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकामा वार्षिकरुपमा योजना बनाएर स्वास्थ्य शिविर संचालन गर्ने, बालबालिकालाई पूणर्रुपमा शिक्षाको पहुँचमा पुर्याउने, मातृशिशु स्वास्थ्यलाई पनि जोड दिने मेरो योजना रहेको छ ।
पालिकाको उपाध्यक्षले न्यायिक समितिको संयोजक भएर महत्वपूणर् काम गर्नु पर्ने हुन्छ । राप्ती सानारीको न्यायिक समितिलाई प्रभावकारी बनाउन तपाईको भूमिका कस्तो रहन्छ ?
स्थानीय सरकार आएपछिको एउटा राम्रो उपलब्धि न्यायिक समिति हो । न्यायिक समितिलाई प्रभावकारी बनाउन मेरो महत्वपूणर् जिम्मेवारी रहन्छ । अघिल्ला जनप्रतिनिधिलाई न्यायिक समितिमा काम गर्न धेरै कठिनाई भएका थिए । न्यायिक समितिका बारेमा उहाँहरु धेरै कुराहरु सिकेर हाल वडास्तरबाटै न्यायिक समितिको कामहरु हुने गर्दछ । यदि वडास्तरमा रहेका न्यायिक समितिमा आएका गुनासा, समस्या सुल्झिन नसकेको अवस्थामा पालिकासम्म आउने गर्दछ । र अर्को कुरा न्यायिक समितिमा बाहिरका समस्या आउने होइन् । यसमा त आफ्नौ गाउँ ठाउँका समस्या आउने गर्छ । यस्ता समस्यालाई हामीले मिलाउन सक्छौं भन्ने मलाई लाग्छ । तर कतिपय समस्यालाई हामीले अदालती प्रक्रियामा नै पठाउनु पर्ने हुन्छ । म मेरो कार्याकालमा सकेसम्म न्यायिक समितिमा आएका समस्याहरु सुल्झाउने कोसिश मेरो रहने छ । र अदालतसम्म कुनै पनि समस्या नपुगोस भनेर मैले न्यायिक समितिलाई नेतृत्व गर्नेछु ।
पालिकामा विभिन्न विकास निर्माणका कामहरु भई रहेका हुन्छन् । त्यस्ता कामहरु गुणस्तरीय निर्माण गर्न तपाईको भूमिका के रहला ?
पालिकामा निर्माण भएका कामहरुलाई अनुगमन टोलीले त्यसको गुुणस्तर अनुगमन गर्नु पर्ने हुन्छ । र अनुगमन मलगायत अन्य सदस्य पनि हुने गर्दछन् । यसमा मेरो योजना के छ भने । हामीले जुन पूर्वाधारको अनुगमन गर्दै छौं । त्यससम्बन्धि जानकार टोलीलाई पनि आफूसँग अनुगमनमा लैजाने व्यवस्था गर्ने मेरो सोच छ । अनुगमनका लागि अनुगमन टोली त हुन्छनै । तर अनुगमन टोलीमा रहेको सबै सदस्य जानकार नहोलान् । यसमा गुणस्तरहीन कामहरुलाई सकेसम्म निरुत्सिाहित गर्ने र कारबाहीको दायरामा ल्याउने हाम्रो लक्ष्य रहने छ भने गुणस्तरीय काम गर्नेलाई हाम्रो साथ सहयोग रहने छ ।
तपाईको कार्यकालमा राप्ती सोनारीले कस्तो किसिमको विकासको मोडेल लिन सक्ला ?
हाम्रो लक्ष्य समृद्ध गाउँपालिका हो । यसका लागि पहिलो त हाम्रो ध्यान राप्ती सोनारीको समग्र विकासका निमित्त प्रभावकारी नीति तथा कार्यक्रम बनाउनेमा हुनेछ । बनेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने हामीले कुनै कसर छोड्ने छैनौ । कार्ययोजना बनाउनका लागि पालिकावासी, राजनीतिक दह, कर्मचारीहरुसँग हाम्रो सहकार्य रहने छ । यसमा पनि म उपाध्यक्ष भएको नाताले गाउँ-गाउँ, टोल-टोलमा पुगेर योजनाहरु संकलन गर्ने, उहाहरुको समस्या तथा उहाहरुको मागलाई समेट्ने मेरो प्रयास रहनेछ । मेरो ५ वर्षे कार्यकालमा पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारका विषयमा थप विकास गर्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, राप्ती सोनारीवासीको आर्थिक विकासका लागि पालिकामा तपाईले देख्नु भएका सम्भावन के-के छन् ?
राप्ती सोनारीको आर्थिक विकासको पहिलो सम्भावना भनेकै कृषि तथा पशुपालन हो । किनकी यहाँका अधिकांश जनताले घरमा थोरै धेरै कृषि गर्नु भएको छ । थोरै भए पनि बाख्रा पाल्नु भएको छ । राप्ती सोनारीमा एउटै घरमा तरकारी खेती, बाख्रा तथा गाईभैसी पालन, माछा पालन यहासम्मकी नगदेवाली पनि गर्नु भएको छ । यसको कारण राप्ती सोनारीको माटो र प्रसस्त घाँस । अर्को पर्यटनको पनि राम्रो सम्भावना छ । बाँके राष्ट्रिष्य निकुञ्ज, सिक्टा, राप्ती नदी, थारु बस्ती जस्ता क्षेत्रले पर्यटनको आमन्त्रण बढाउन सकिन्छ । र उद्योगहरु पनि संचालन गर्न सके रोजगारी बढ्ने र पालिकामै उत्पादन गर्न सकिन्थ्यो ।