उपाधीका लागि कोहलपुर र ज्योती भिड्ने
Thursday, June 9th, 2022, 8:56 pm
Kalpristha
नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिगको उपाधीका लागि कोहलपुर स्पोर्टस् एकेडेमी र ज्योति स्पोर्टस् एकेडेमी ‘बी’ भिड्ने भएका छन् ।
बिहीबार कोेहलपुर क्रिकेट मैदानमा संचालित सेमिफाइनलमा खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ लाई ५ विकेटले हराउँदै कोहलपुर फाइनलमा प्रवेश गरेको छ भने एचविए च्याम्पस्लाई हराउँदै ज्योती ‘बी’ फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको ज्योतिले १४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६९ रन बनाएको थियो । जवाफमा कोहलपुरले १०.१ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको थियो ।
कोहलपुरका लागि राजु रिजालले २३ बलमा ५ चौकाको मद्दतले २३ रन बनाए भने अर्जुन साउदले १२ बलमा ४ चौकासहित १८ रन बनाउँदै आजीवन रहे ।
ज्योतिका लागि नितेश न्यौपानेले २३ बलमा १ चौका र १ छक्काको मद्दतले १४ रन, सुनिल भण्डारीले ११ बलमा १ चैकासहित १२ रन बनाए ।
कोहलपुरका बलर अर्जुन साउद, रोशन शाहुले समान ३÷३ विकेट लिए । भने ज्योतिका सुनिल भण्डारीले पनि ३ विकेट लिएका थिए ।
प्रतियोगितामा कोहलपुरका अर्जुन साउद म्यान अफ द म्याच धोषित भए ।
त्यस्तै ज्योति ‘बी’ले टस जितेर निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिा १ सय ७० रन बनाउँदा जवाफी ब्याटिङ गरेको एचविएले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।
जितका लागि ज्योतिका वासिर अहमतले ४२ बलमा १२ चौकार ६ छक्काको मद्दतले ७३ रन बनाएका थिए । साथै प्रज्वल शाहीले ४० बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाए ।
प्रतियोगितमा ज्योतिका वासि अहमद म्यान अफ द म्याच घोषित भए ।