कोभिडविरुद्ध खजुरामा अभिमुखिकरण
Monday, June 13th, 2022, 8:23 pm
Kalpristha
खजुरा गाउँपालिकामा कोभिडविरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पछिल्ला केही दिनयता कोभिड संक्रमण दर नेपालमा देखिन थालेपछि त्यसको रोकथामका लागि अभिमुखिकरण गरिएको हो ।
खजुरामा रहेको नागरिक आरोग्य सेवा केन्द्र खजुराले सरोकारवालाबीच अभिमुखिकरण कार्यक्रम गरेको हो । खजुरा गाउँ पालिकाको सहयोगमा संचालन गरिएको उक्त सचेतनामूलक कार्यक्रममा बोल्ने वक्ताहरुले कोभिडबाट जोगिन भौतिक दूरीका साथै सरसफाइमा ध्यान दिन पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’ ले कोभिड नियन्त्रणका लागि पालिकाले आवश्यक योजना बनाएर काम गर्ने र जनताको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष मञ्जु मल्लले खजुरावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले कदम चाल्ने बताइन् ।
कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, स्वास्थ्य इन्चार्जहरु, महिला स्वास्थ्य स्वयम्सेविका, कृषि, पशुसेवा र नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
कोभिड सम्बन्धि विषयवस्तुको प्रशिक्षण स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गिता रेग्मीले गरेका थिए ।