रक्तदान दान गर्दै मनाइदैंछ बाँकेमा विश्व रक्तदाता दिवस
Tuesday, June 14th, 2022, 9:57 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ जेठ
रक्तदान गर्दै बाँकेमा आज विश्व रक्तदाता दिवस मनाइदैछ । विश्व रक्तदाता दिवसको अवसरमा बाँकेका विभिन्न चार स्थानमा आज मंगलबार रक्तदान कार्यक्रम भैरहेको छ ।
जिल्ला रेडक्रस बाँकेको आयोजनामा भैरहेको कार्यक्रममा विभिन्न संघ संस्थाहरुको अगुवाईमा रक्तदान भैरहेको छ ।
‘रक्तदान गर्ने कार्यमा ऐक्यवद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौ’ं भन्ने नाराका साथ बाँकेमा बास नेपालगन्ज र जानकी गाउँपालिकाको स्वास्थ्य शाखाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र बाँकेमामा रक्तदान गरिरहेका छन ।
यसैगरी कोहलपुरमा मध्यपश्चिम तथा सुदुर पश्चिम सुनचाँदी गहना व्यवसायी संघ कोहलपुरमा र नेपालगन्ज कारागारमा पनि रक्तदान भैरहेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र बाँकेका वरिष्ट प्राविधिक अधिकृत उपेन्द्र रेग्मी बताए ।
मानवीय सेवाका लागि समर्पित रेडक्रसले हरेक वर्ष यस्तो विशेष अवसर पारेर मानिसको जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम गर्ने गरेको बताउँछन नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना ।
रक्तदानले रगतको अभावमा मानिसको जीवनलाई जोगाउन सहयोग गर्ने भएकोले आम नागरिकमा रगतदान गर्ने परम्पराको विकास गर्नु पर्ने आवश्यकता रहेको सिंह सम्झनाले बताए ।