घातक रसायन हाली पकाएको आँप हाम्रो र स्वास्थ्य
Wednesday, June 15th, 2022, 1:33 pm
Kalpristha
डा. केदार कार्की
बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । अझ नेपालगन्ज प्रत्येक गल्ली चौकमा, भरी थरीका जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप का किनु र खाउँ जस्तो लाग्छ पनी । तर कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ । तीनले सोच्ने गर्छन्, गुलियो आँपमा, प्रशस्त चीनी पो छ । अझ कोहि त आँप खाएर मोटाउने अनी कोही सोचलान आँप खाएर जीउको तौल घटाउने ।
चल्तीमा रहेको शब्द मिल्क सेक, म्याँगोसेक, पहेलो रंगको यो परिकार हेर्देमा खाँउ खाँउ लागिहाल्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ भोक पनि मेटाउँछ । प्राज्ञ ऐतिहासिक अभिलेख अनुसार भारतको रैयाने यो फृत्व यसको खेती आज भन्दा २५- ३० लाख वर्ष अघि सर्व प्रथम भारतको उत्तर-पूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिँदै आएको ईतिहास रहेको छ । फलको राजा भनिने आँपको वणर्न हिन्दु धर्म ग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरको पाइन्छ, अरु फल भन्दा ।
आँपको सेबनबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु निम्न अनुसार वणर्न गर्न सकिन्छ ।
रोग प्रतिरोधक क्षमता प्रबर्धकको रुपमा आँप हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यको लागि आवश्यक मानिन्छ । आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन-सी, भिटामिन -ऐ तथा २५ विभिन्न खाले कयारो टेन्ववाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।
क्यान्सरको रोकथामका सहयोगी ः- हामी सबैलाई थाहा भएकै कुरा हो क्यान्सर, घातक तथा उपचार असम्भव रोग हो । यो निको पार्न सकिन्न तर प्रचलित भनाइ छ रोगको उपचार गर्न गराउन भन्दा रोकथाम नै बेश यो सामान्य भनाइमात्र हैन अस्वीकार्य तथ्य पनि हो । आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टी अक्सीडेन्टहरुले, ठूलो आन्द्रा, बक्षस्थल तथा रक्त क्यान्सर हुनबाट बचाउन सहयोगी हुने गर्दछ ।
कोलेस्ट्रोल न्युन गराउने : आँपमा उच्च तहमा रेसा भिटामिन -सी, पेकटीन पाइने हुँदा यीनले रक्तझोलमा कोलेस्ट्रोल को मात्रा खास गरी कम घनत्वको लिपो प्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरी दिन्छ ।
छाला चिटिक पार्छ : छालाको रुप रंग बोर केटिहरु मात्र हैन केटाहरु पनि खास गरी गर्मी बर्षाको बेला सजग हुने गर्दछ । यसै बेलाको लागि यो बेला आँप उपलब्ध छ, छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन ।
मद्युमेह नियन्त्रण : जब हामी आँपको वणर्न गर्दछौं हामी कसरी आँपको पातको गुणकारी विशेषता बिर्सन सकौला त ? आँपको पातमा शरीरको रंग तमा इन्सुलीन नियमन गर्ने क्षमता हुने गर्दछ ।
आँपको पातलाई उमालेर रातभरी ढाडिने दिने अनी छनिको झोल बिहानी पख सेवन गर्दा मद्युमेह नियमन गर्न सघाउ पुर्याउँछ ।
आँप भिटामिन : ईको उत्तम श्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले शरीर खानेकुरा पच्ने पचाउने उत्पन्न हुने विकार दिशाको रुपमा विसर्जन गर्ने क्षमता विकास गराउँछ पनी ।
बर्षे गर्मी हाम्रो शरीर र मस्तीष्कका लागि लुको रुपमा कति घातक हुन्छ हामी सबैलाई थाहा छ । तर काँचो आँपको रस पानी चीनी मिसाएर बनाएकै संवतले हाम्रो शरीरको तापक्रम त घटाउँछ नै साथै लुको घातक असरबाट बचाउँछ पनी ।
राम्रो आँखाको ज्योतिको लागि भिटामिन : ए को आवश्यकता पर्दछ । एक कप आँपको केस्राले हाम्रो शरीरलाई दैनिक चाहिने भिटामिन – ए को २५ प्रतिशत आपुर्ति गराउँछ । जसले हाम्रो क्षारीम सन्तुलन मृगौलाले नियमित गर्दछ । पिसाबबाट बाइकार्वोनेटका कण विर्सजनको नियमन गर्दछ । आँपमा पाइने टारटारीक एसीड, मस्लीकएसीड अनी न्यूनमात्रा उपलब्ध सिट्रिक एसीडले शरीरमा क्षरिम तत्वको भंडारराामा मदत गर्दछ ।
ठिक्क मात्रामा आँप सेवन गर्नाले शारीरिक तौल घटाउन मदत गर्छ । आँपको बोक्रामा पाइने वनस्पति जन्य रसायनले शरीरमा अनावश्यक बोसो पगाल्न मदत गर्छ । आँपमा पाइने आहार जन्य रेसाले पेट टन्न भएको अनुभुति गराउँछ । जसले गर्दा लामो समयसम्म भोक लाग्दैन । हामीलाई बजारमा उपलब्ध कट्याङ्ग कुटुङ्ग खाले तयारी खाना प्रति रुची हुँदैन । त्यसैले आँप फलहरुको राजा भनिएको हो ।
घातक रसायनहरु हाली पकाएको आँप यसरी चिनौं
फलहरुको राजा भनिने आँप एउटा यस्तो फल हो जुन धेरै जसो मानिसलाई धेरै मन पर्दछ । केटाकेटी हुन की प्रौढ सबै आँपको मौसमको पर्खाइमा बसेका हुन्छन् । जसले गर्दा आफूलाई मनपर्ने फल मज्जाले खान सकुँ । तर तपाईको यस खुसीलाई रसायनहरुबाट पकाएको आँप नजर लगाई राखेको छ । कार्वाइडले पकाएको आँप स्वास्थ्यको लागि धेरै नोक्सान दायक हुन्छ । यस घातक रसायन पाँचन तन्त्र सम्बन्धी समस्याहरुका साथ साथै कैन्सर जस्तो खतरनाक रोगहरुको कारण बन्न सक्त छ । जहिले पनि तपाई बजारबाट आँप किन्न जाँदा आँप बारे केहि कुरा विचार गर्नु होला । यसबाट तपाईलाई थाहा हुन्छ कि आँप कृत्रिम तरीकाले पकाएको हो कि होइन ।
आँप नक्कली हुँदैन तर तिनलाई आकर्षक बनाउनका लागि कार्वाइड नामक रसायन प्रयोग गरी यसलाई पहेँलो रंगको बनाइन्छ । यसले गर्दा यो साच्चीकै पाकेको जस्तो देखिन्छ । यो कार्वाइड नामक रसायन स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ ।
यसरी गरौ पहिचान
स्वादमा भिन्नता, कार्वाइडबाट पकाएको आँपको स्वाद सामान्य रुपबाट पाकेको आँप बाटो मिठो मिठो सुगन्ध आउँछ र स्वाद धेरै मिठो हुन्छ । त्यहि अर्कोतीर रसायनले पकाएको आँप छेउबाट काचौ अनि बीचमा मिठो हुन्छ । प्राकृतिक रुपले पाकेको आँप पुरै पहेलो हुँदैन । यीनको रंग अलिकति हरियो अलिकति पहेंलो र थोरै सुनौलो हुन्छ । त्यहि कार्वाइड हाली पकाएको आँप एकदम गाढा पहेलो हुन्छ । कार्वाइड राखी पकाएको आँप चाँडै नै कालो हुन्छ । यसलाई धेरै दिन भण्डारण गर्न सकिँदैन । त्यहि प्राकृतिक रुपले पाकेको आँप चाँडै कालो हुँदैन र यी आँपहरुलाई केहि दिनसम्म ताजा राख्न सकिन्छ । आँप किन्नु भन्दा पहिलो त्यसलाई डुवाएर हेर्नुस । पानीमा डुवाउँदा जुन आँप एकदम तल गएर बस्यो भने त्यो प्राकृतिक रुपले पाकेको हुन्छ र जुन आँप सतहमा नै रहयो भने त्यो कार्वाइडले पकाएको हुनेछ । यस्तो आँप किन्नबाट बच्नुुस् ।
क्यालसिय म कार्वाइडमा भएको आरसेनिक र फासफोरस पानीले धुँदा जादैनन् । यो शरीरमा गएर मसष्किलाई हानी पुर्याउँछ । यसले गर्दा टाउको दुख्ने पेट र छातिमा जलन हुन्छ । कार्वाइडमा एउटा घातक रसायन हुन्छ जसको सेवन गर्नाले कैन्सर जस्तो खतरनाक रोग लाग्न सक्तछ । यसबाट शरीरका क्यौं अंगहरुलाई नोक्शानी पुर्याउँछ । कार्वाइडमा अवस्थित लैकटोज रसायनहरुको कारण मृगौलाको काम गर्ने तरीकामा असर पर्दछ । यसबाट मृगौला सम्बन्धी समस्या हुन सक्तछ । यसको सेवनले प्यास लाग्ने कमजोरी र थकाइ महशुश हुने स्मरण शक्ति कम हुने छ तथा शरीर सुन्निने जस्ता समस्याहरु पनि हुन सक्तछ । कार्वाइड युक्त आँपले गर्भवति महिलाहरु गर्भमा भएको बच्चाहरुमा विभिन्न खाले विकार उत्पन्न हुन सक्तछ । रसायन हालेर पकाएको आँपको सेवन गर्नाले बान्ता हुने र बेचैनी हुने जस्ता क्यौं समस्याहरु हुने छन् । यस्ता आँप कुनै दयालु गुनी राजा हैन बरु एक खाले क्रुर तानाशाह जस्तो हुनेछ । यसैले उपभोक्ताहरुले बेलैमा सहज हुनु आफ्नो स्वास्थय सुरक्षाका लागि उचित हुनेछ ।
सेवा निवृत वरिष्ठ पशु चिकित्सक,
भेटनरी जनस्वास्थय कार्यालय, त्रिपुरेश्वर