लागूऔषध प्रयोगकर्तालाई उपचारमा ल्याउन अन्तरक्रिया
Wednesday, June 15th, 2022, 2:01 pm
Kalpristha
बुधबार नेपालगन्जमा चेन्ज टिम बाँकेले प्रहरी तथा सरोकारवाला निकायसँग लागूऔषध प्रयोगकर्तालाई कसरी उपचार प्रक्रियामा सहभागी गराउन सकन्छि भनेर अन्तरक्रिया गरेको छ ।
चेज टिम बाँकेको आयोजनामा लागूऔषध प्रयोगकर्ताको उपचारमा प्रहरी तथा सरोकारवाला निकाय बीचको समन्वयले कसरी प्रभावकारी भूमिका निर्वाह गर्न मद्दत गर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो ।
२०६३ सालमा स्थापना भएर लगातार एचआईभी एड्स, हेपाटाइटिस र लागूऔषध जस्ता क्षेत्रमा काम गर्दै आएको चेज टिमले लागूऔषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको छ ।
कार्यक्रममा चेन्ज टिमकी कार्यक्रम संयोजक ईन्द्रा कुमारी जिसीले चेन्ज टिमले लागूऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापना गर्नको लागि मौखकि उपचार पद्धति, क्षति न्यूनिकरण कार्यक्रम र पुनःस्थापन केन्द्रको माध्यमद्वारा लागूऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुनःस्थापना गर्दै आएको जिसीले बताइन् ।
कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक प्रकाश कुमार केसीले कार्यक्रमले प्रहरी तथा फिल्डमा काम गर्ने संस्थाबीच समन्वयकारी भूमिका सृजना गर्ने बताए ।
त्यस्तै कार्यक्रममा चेन्ज टिम बाँकेका अध्यक्ष प्रविण बिसीले चेन्ज टिमले मौखकि उपचार बिधि मेथाडोनको कार्यक्रमसँगै लागूऔषध प्रयोगकर्ताको सिपबिकास र आर्थिक आर्जनको पाटोमा समेत काम गर्दै आएको बताए ।
बिसीका अनुसार उपचार प्रक्रियामा आएका लागूऔषध प्रयोगकर्ता आर्थिक अभाव र कामको अभावको कारण पुनः लागू औषध प्रयोग एमव् कारोबारमा फस्ने सम्भावना भएकाले चेन्ज टिमले सबै सरोकारवाला निकाय र अन्य संस्थाहरुसँग समन्वय गर्दै कार्यक्रम अगाडि बढाएको छ ।
कार्यक्रममा नेपालगन्ज र आसपासका प्रहरी कार्यालयमा प्रतिनिधि, पुनःस्थापमा केन्द्रका प्रतिनिधि एवम् पत्रकारहरु समेतको सहभागिता रहेको थियो ।