विद्युत् आपूर्तिको माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र
Wednesday, June 15th, 2022, 2:18 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेले बुधबार विद्युत् आफूर्तिको समस्यालाई समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । लामो समयदेखि देखिँदै आएको विद्युत् आपूर्तिको समस्या लिएर कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेललगायतको समूह जिल्ला प्रशासन बाँके पुगेको हो ।
उनीहरुले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विद्युत् आपूर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूणर् ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेस बाँकेले जनाएको छ । नेपालगन्जमा यथाशिघ्र नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाई नागरिक अधिकारको रक्षा गर्न जोडदार माग गरिएको पत्रमा उल्लेख गरिएको छ ।
उक्त ज्ञापन पत्रमा नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई बोधार्थ दिइएको छ ।
ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ खत्रीले नेपालगन्जको विद्युत् समस्याका विषयमा आफूले विद्युत् प्राधिकरणका जिम्मेवार अधिकारीसँग समन्वय गर्ने काम गरिरहेको र पुनः गर्ने प्रतिवद्धता प्रहुख खत्रीले जनाएका छन् ।
ज्ञापन पत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापतिद्वय पोषण केसी र रमेश गुप्ता, जिल्ला सहसचिव रेणुसिंह ठाकुर, सदस्य अमृतकुमार आचार्य, कांग्रेस नेता निजामुद्दीन अन्सारी ‘छोट्कउ’, ललितकुमार रौनियार, नेतृ रत्ना राणा, कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्मालगायत पुगेका थिए ।