विश्वकप फुटबल खेल्ने ३२ देशको टुंगो
Wednesday, June 15th, 2022, 2:43 pm
Kalpristha
कालपृष्ठ डेस्क
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल – २०२२ मा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागिसकेको छ । आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकपका लागि आठवटा समूह तयार भएका हुन् ।
मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो । विश्वकप छनोटअन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।
कतार विश्वकपको उदटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ । फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो ।
कुन समूहमा कुन राष्ट्र ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना