धार्मिक सद्भाव कायम राख्न सरकारसँग माग
Wednesday, June 15th, 2022, 8:48 pm
Kalpristha
नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको भन्दै धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
सामाजिक सञ्जाललगायतका माध्यमबाट धार्मिक आस्थामाथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरूविरूद्ध कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापनपत्र बुझाइएको नागरिक अगुवा दिपक लोधले बताए ।
राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली कांग्रेसका युवा नेता सुधांसु कोइरालालगायतको सहभागिता ज्ञापन पत्र बुझाउने बेला रहेको थियो ।
उक्त ज्ञापनपत्रमा ‘हामी शान्तिप्रेमी नेपालगन्ज नगरबासीहरुको शान्ति, सुरक्षा र धार्मिक आस्थामा चोट पुग्नेगरी केही असामाजिक तत्वहरुले फेसबुकलगायतका सामाजिक सञ्जालमा पोष्टहरु हाल्ने र शान्ति सुरक्षाको स्थितिलाई बिथोल्ने प्रयास गरिरहेका छन् । नेपालगन्ज नगर धार्मिक सहिष्णुता र सदभावको लागि प्रख्यात छ’ भनी उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालगन्जमा धार्मिक सद्भाव बिगार्ने लागेको भन्दै हिन्दू धार्मिक संगठन द्वारा प्रदर्शन गरिएको छ । केहि दिन अघि भारतीय राजनैतिक पार्टी भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माको टिभी कार्यक्रमको बहसमा मुस्लिम धार्मिक विपत्तिलाई असर पार्दै बोलिएको र उक्त भिडिया नेपालगन्ज निवासी राजेशकुमार जलान विद्रोहीले सेयर गरेर नेपालगन्ज सद्भाव बिगार्न लागेको भन्दै नेपालगन्ज मुस्लिम सामुदायिकले दुई दिन अघि प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थिए ।
बुधबार भने नेपालगन्जका हिन्दू धार्मिक संगठनले राजेशकुमार जलान विद्रोहीलाई आपसी रिसिभिका कारण समेट्न खोजेको र भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माको टिभी कार्यक्रममा भएको बहसलाई लिएर स्वदेशमा सद्भाव बिगार्न खोजेको भन्दै नेपालगन्ज हिन्दूवादीहरुले बागेश्वरी पार्कदेखि जिल्ला प्रशासन कार्यलयसम्म नारा लगाउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ¥यालीमा हिन्दू विरोधी राष्ट्र विरोधी मुर्दावाद, हिन्दू एकता जिन्दावाद जस्ता नारा लगाइएको थियो ।