अपरेसन ह्वाइट डस्ट–प्रहरीले कसरी बरामद गर्न सफल भयो एक अर्ब बराबरको हेरोइन
Thursday, June 16th, 2022, 8:27 pm
Kalpristha
काठमाडौंबाट लागु औषध नियन्त्रण ब्युरोले सेतो हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका सात जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरू सबै जना दक्षिण अफ्रिकन हुन् । उनीहरूबाट प्रहरीले ठूलो मात्रामा लागु औषध हेरोइन बरामद गरेको हो ।
ब्युरो प्रमुख तथा प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ५१ किलो हेरोइन बरामद भएको हो । ४९ किलो सेतो र दुई किलो खैरो हिरोइन बरामद भएको हो । यो नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा बरामद भएको उनको भनाइ छ ।
ब्युरोले नेपाल प्रहरीका विभिन्न इकाइसँग समन्वय गरी अपरेसन सञ्चालन गरेको छ ।
प्रहरीले यस घटनाको अनुसन्धान गर्न पछिल्लो केही घटनाक्रमलाई केलाएको थियो । प्रहरीले ‘क्रिमिनल प्रोफाइलिङ’ गरेको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले ‘अपरेसन ह्वाइट डस्ट’ सञ्चालन र्गयो ।
यो अपरेसन अझै पनि जारी नै रहेको ब्युरोले जनाएको छ ।
‘विगतमा पक्राउ गरिएका अनुभवका आधारमा हामीले निगरानी राख्दै आएका थियौं,’ उनले भने,‘त्यसरी हामीले अपरेसन नै सञ्चालन र्गयौं । त्यसपछि अहिलेसम्मकै सबैभन्दा धेरै मात्राको लागुऔषध हेरोइन बरामद भयो । सात जना दक्षिण अफ्रिकी महिला पक्राउ परे ।’
प्रहरीले सातै जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी ठान्डिकिले, ४६ वर्षीया या मुरेल क्वेडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया साबालाला खान्यिसिलि भोन्नी र ३६ वर्षीया रोजिना नोन्क्ले जान्त्जिइ छन् ।
यस्तै २९ वर्षीया महलाको मौरिन मथिबा, ३७ वर्षीया मोरोसी सुजान कोफु र ३० वर्षीया मार्लिस बाडेनहोस्र्टलाई पनि पक्राउ गरिएको हो । पक्राउ पर्नेहरू सबै जना महिला नै छन् ।
महिलालाई नै किन प्रयोग गरियो त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘यी महिलाहरू आफ्नो देशमा मार्केटिङ, सामान डेलिभरी गर्ने जस्ता काम गर्ने देखियो । एक जना कूक समेत देखिन्छ । महिला सहभागी हुँदा सुरक्षाको हिसाबले सजिलो हुने । पुरूषलाई भन्दा कम शंकास्पद रूपमा हेरिने । ओसारपसारमा सहयोग हुने हुँदा प्रयोग भएको हुनसक्छ ।’ उनीहरू भिजिट भिसामा काठमाडौं आएको देखिएको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेठ २९ गते दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट दुबई हुँदै सिबिसी र मुरेल काठमाडौं आइपुगेका थिए ।
साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि शंका र्गयो ।
त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै गयो । उनीहरू सो दिन काठमाडौं महानगरपालिका–२७ ठमेलस्थित होटलमा बसेका थिए ।
ब्युरोको टोलीले भोलिपल्टै एउटै होटलबाट उनीहरूलाई पक्राउ र्गया े। दुबैबाट आठ–आठ किलो हेरोइन बरामद र्गयो ।
ब्युरोले अपरेसनलाई त्यतिमै टुंगाएन । अनुसन्धान अघि बढाउँदै सोही दिन ठमेलकै होटलबाट साबालालालाई पक्राउ र्गयो ।
उनी सोही दिन साँझ साढे ६ बजेमात्रै काठमाडौं आइपुगेकी थिइन् । उनीबाट पनि प्रहरीले आठ किलो हेरोइन बरामद र्गयो । ठमेलकै अर्को होटलबाट रोजिनाको साथबाट आठ किलो र मौरिनकोबाट सात किलो हेरोइन बरामद गरेको हो ।
मौरिन भने जेठ २६ गते नै दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन् । उनी नेपाल आएर सुकुटेको रिसोर्ट समेत पुगेको खुलेको हो । प्रहरीले जेठ ३१ गते सुजन भन्नेलाई पनि ठमेलको होटलबाट पक्राउ र्गयो । उनीबाट सेतो हिरोइन ४ र खैरो हेरोइन २ गरी जम्मा ६ किलो बरामद र्गयो । त्यही साँझ ६ बजे मार्लिसलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीबाट पनि सेतो हिरोइन ६ किलोग्राम बरामद र्गयो ।
उनीहरू सबैलाई प्रहरीले ठमेलकै होटलबाट पक्राउ र्गयो । प्रहरीका अनुसार उनीहरू बस्नको लागि भनेरै अनलाइन बुकिङ गरिएको थियो । केहीले भने नेपाल आइसकेपछि मात्रै बुकिङ गरेको खुलेको हो ।
मुरेल नेपाल आएको पहिलो पटक होइन । उनी यसअघि फेब्रुअरी र मार्चमा पनि आएकी थिइन् । तेस्रो पटकमा भने उनी पक्राउ परेकी हुन् ।
यसरी ठूलो मात्रामा एकैपटक पक्राउ पर्नु पछाडिको कारण भने यसअघि पक्राउ परेको घटनाले हो । यसअघि ब्युरोले सात किलो सेतो हेरोइनसहित केही मानिसलाई समातेको थियो । त्यसैलाई नै पछ्याएर अनुसन्धान गर्दा यो पनि सफल भएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन् ।
सुटकेशहरूमा फल्सबटम, ल्यापटपका कभरहरूमा लुकाएर उनीहरूले नेपाल ल्याएको देखिएको छ ।
उनीहरूले नेपाल ल्याइसकेपछि आफूले ल्याएको सामान सुरक्षित छ भन्दै फोटो समेत पठाउन भ्याएका थिए ।
प्रहरीका अनुसार उनीहरूले सो फोटो दक्षिण अफ्रिकाकै एक व्यक्तिलाई पठाएको देखिन्छ ।
तर नेपाल ल्याइएका लागुऔषध भने नेपालकै लागि भने होइन ।
‘ट्रेन्ड हेर्दा यी लागुऔषध नेपालका लागि होइनन् । यी सबै भारतमै लग्नको लागि ल्याइएका हुन् ,’ श्रेष्ठले भने,‘यसअघि हामीले भारतबाट लिन आएका मानिससहित समातेका थियौं । त्यसकारणले पनि हामी भन्न सक्छौं । यो भारतकै लागि हो । नेपाललाई ट्रान्जिट मात्रै बनाइएको हो ।’
उनले थपे, ‘हाम्रो नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको यो खालको मात्रामा प्रयोग गर्ने हुँदैनन् । बाहिर नै लग्ने हो ।’
सो लागुऔषध लिन पनि अर्कै व्यक्ति आउने र ती व्यक्तिसँग सुटकेश साटेर ओसारपसार गर्ने गरेको देखिन्छ । गत वर्ष भदौ ३ गते २ र वैशाख ३ गते ब्युरोले केही मानिसलाई पक्राउ गरेको थियो । त्यसैलाई नै आधार बनाएर प्रोफाइलिङ गरेको उनले बताए । ‘प्रोफाइलिङ गर्दा कस्ता व्यक्तिहरूलाई पठाउँछन् । कस्तो ट्रेन्डबाट ल्याउँछन् भन्ने अध्ययन गर्दा यो भेटियो,’ उनले भने ।
उनका अनुसार विश्वमा लागुऔषधको कारोबार धेरै हुन्छ । नेपालको लागि धेरै मात्रा बरामद भए पनि अरूको राष्ट्रको लागि भने यो मात्रा थोरै नै भएको उनले बताए ।
बरामद भएको हेरोइनको अवैध बजारमा मूल्य एक अर्ब दुई करोड रुपैयाँ रहेको उनले बताए । एक ग्रामकै २० हजार पर्ने उनको भनाइ छ ।
यसरी बरामद भएको हेरोइनलाई प्रहरीले केही मात्रा राखेर अन्य जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कानुनी प्रावधान रहेको ब्युरोले जनाएको छ ।
‘बरामद भएको सेतो हेरोइनमा मोर्फिन भन्ने पाइएको छ । यो अफिमबाट बन्छ । यो एकदमै कडा खालको लागुऔषध हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘केही सीमित प्रयोगमै यसले लत बस्छ । शारिरीक तथा मानसिक रूपमा असर र्पुयाउँछ । अपाङ्गता हुने समेतको असर देखिन्छ ।’
प्रहरीले उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनीहरूबाट बरामद भएको मात्रा अनुसार उनीहरूलाई जन्मकैद सम्मको सजाय हुने कानुन छ ।
साभार–सेतोपाटी