वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया सम्पन्न
Thursday, June 16th, 2022, 8:55 pm
Kalpristha
‘सकिन्छ स्वदेशमा रोजगार गरौं, वैदेशिक रोजगार जाने नै भए सही सूचना लिएर सीप सिकेर मात्र जाऔ: भन्ने नाराका साथ सुरक्षित वैदेशिक रोजगारसम्बन्धी स्थानीय तहका जनप्रतिनीधीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण तथा ग्रामीण विकास केन्द्रको (इन्डुडेक)आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले हामिले आफ्नो देशमा रोजगारको स्थापना गर्न नसकेका कारण युवा पुस्ता वैदेशिक रोजगारको लागि विदेश जान वाध्य भएका छन् । वैदेशिक रोजगार जानुभन्दा पहिला आफूले के काम गर्ने र त्यहा के के समस्या आउन सक्छ भन्ने बारेमा बुझ्ने र सिपमूलक काम सिकेर विदेशी भूमीमा अनाथमा दुख नपाइने बताए ।
कार्यक्रममा उपमेयर संगिता सुवेदीले स्वदेशमा रोजगारीको अवसर हुन नसकिरहेको अवस्थामा वैदेशिक रोजगारले तत्कालरुपमा भए पनि बेरोजगार समस्यालाई सम्बोधन गरेको बताइन् । उनले स्वदेशमा नै सिप मुलककाम तालिम लिएर स्वरोजगार बन्न आवश्यक भएको बताइन् ।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले कोहलपुर नगर पालिका क्षेत्रबाट कति मानिस वैदेशिक रोजगारमा गएका छन् । त्यसको लागत स्थानीय सरकारले राख्नुपर्ने बताइन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत इन्डुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकायलगायतको उपस्थिति रहेको थियो ।