कोरोनाकाल र सपना दबाएकी महिलाको दृष्याङ्कन ‘चिसो मान्छे’
Friday, June 17th, 2022, 4:09 pm
Kalpristha
केही समय कालपछि ईतिहास बोक्ने चलचित्रहरु बन्ने गर्छन् भने फरक ढंगबाट केही चलचित्रले समाजलाई केही नयाँ सन्देश दिने गर्दछन् । त्यस्तै महत्व बोकेको चलिचित्र चिसो मान्छे, आजदेखि देशभरमा प्रदर्शनी भई रहेको छ ।
चिसो मान्छेमा कम पात्र, कम संवाद तर दृष्यबाट धेरै कुरा व्यक्त गर्न खोजेका निर्देशक दिपेन्द्र खानलले छायांकनमा भने सक्दो मेहेनत गरेको देखिन्छ । त्यसैमा दृष्यअनुसारको म्युजिकले हेर्ने दर्शकलाई मर्माहित बनाउने कोसिस चिसो मान्छेले गरेको छ ।
चिसो मान्ज्छेमा अप्रन थापा, स्वास्तिमा खड्का र देशभक्त खनाल तीनजनाको जोडदार कलाकारिता देख्न सकिन्छ । अझ चिसो मान्छेमा स्वास्तिमा खड्कालाई हुबहु बाजुरेली महिलारुपमा पाउन सकिन्छ ।
कथाको सुरुवात नै कोरोनाकालमा नेपालीहरुले भोगिरहेको विषयलाई उठान गरिएको छ । जसमा कोरोनाबाट परिवार गुमाएर आफन्तको साहारामा आफ्ना बालबालिकालाई राख्नुको पीडालाई प्रस्तुत गरिएको छ ।
त्यस्तै कोरोनाका समयमा देशको अवस्था कस्तो थियो । मानिसहरुलाई बाच्न कत्तिको गाह्रो भएको थियो जस्ता कुरालाई कथामा बगाइएको छ ।
कथाको अर्को महत्वपूणर् सार पश्चिमेली युवती तथा महिलाले चाहेर पनि आफ्नो प्रतिभालाई बाहिर ल्याउन नसकेको तितो यतार्थ प्रस्तुत गरिएको छ ।
साथै कथाले मानवता हाएको समाज र राजनीतिककर्मीहरुको घृणित सोचलाई ब्याख्यान्न गरेको छ ।
समग्रमा चिसोमान्छे चलचित्रले समाजमा रहेको चिसामान्छेहरुको कथालाई छताछुल्ला पारेको छ । चिसो मान्छेले दशकौंपछि पनि कोरोना र नेपालको वास्तविकतालाई देखाउन मद्यत गर्नेछ ।