सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै
Friday, June 17th, 2022, 5:55 pm
Kalpristha
प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र-छात्रा ५ किलो मिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुँदैछ ।
शुक्रबार वीरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कणर्ालीको भविष्यसँग जोडिएको बताएका छन् ।
‘कणर्ाली दोडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ । कणर्ाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर विक्रमजंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।
आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कणर्ाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कणर्ालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूणर् भूमिका निर्वाह गर्ने बताउँछन् । उनले भने,‘हामी निकै उत्साही छौं । सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदैछ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ । सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’
छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भएपनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको बताउँछन हमाल । उनले थपे,‘हामीले यस प्रतियोगितामा जितसक्दो स्थानीयहरुको सहभागिता र सहकार्यलाई जोड दिएको छौं । निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयास गरेका छौं । तर पहिलोपटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कणर्ालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।’
कणर्ाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कणर्ालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताउँछन् । उनले भने,‘कणर्ालीले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई बढाएको छ । कणर्ाली पूर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रुपमा चिनिन्छ । तर अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभामात्र होइन ठुला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहँन्छौं ।’
पछिल्लो समय कणर्ालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पूर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कणर्ाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजि स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।
म्याराथनका ‘रेस डिरेक्टर’ विक्रमजंग थापाले कणर्ालीमा हुन लागेको म्याराथनले कणर्ाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे । उनले भने,‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरुले आट गर्नु भएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछ । भविष्यमा कणर्ालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।’
प्रतियोगिताअन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन ।
विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र-छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन । प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदैं फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँद पुनः विरेन्द्र चौकमा आएर समापनि हुनेछ ।