गौतमबुद्ध विमानस्थलमा लुकाएर ल्याइएको गहना बरामद
Saturday, June 18th, 2022, 8:06 pm
Kalpristha
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९ लाख बढिको गहनासहित एक यात्रु पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका हुन् ।
भन्सार परिसरमा आएको यात्रुले मोजामा लुकाइराखेको अवस्थामा १ सय २२ ग्राम गहना बरामद गरिएको हो ।
जजिरा एयरलाईन्सको विमानबाट कतारबाट कुवेत हँुदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको हो ।
३ वटा सिक्री र १ वटा ब्रास्लेटसहित यात्रुलाई नियन्त्रणमा लिएको हो ।
उक्त गहनाकोअन्दाजी मूल्य ९ लाख ९० हजार हुने भन्सारले जनाएको छ । विहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो ।
युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो या अन्य भन्ने विषय खुलेको छैन् । वैधानिक रुपमा ५० ग्राम सम्म सुन ल्याउन पाइने व्यवस्था रहेपनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ ।