निमार्ण तीव्र बनाउन पालिकाद्वारा अनुगमन
Saturday, June 18th, 2022, 8:38 pm
Kalpristha
डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्धारा निर्मित विभिन्न ठूला तथा साना योजनाअन्तर्गतका भौतिक पूर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनक अनुसार सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको हो ।
आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निमार्ण भई रहेका छन् । गाउँपालिकाका ठूला साना सबै योजनाहरु निमार्ण भई रहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । उनका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पूरा भएको छ ।
अनुगमनमा विकास निमार्णको गुणस्तरियता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराइएको थियो । आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाकी रहदा अहिले निमार्णको तिब्र रुपमा अघि बढाइएको छ ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समूहको सहभागिता रहेको थियो ।