फुटबलमा जीवन सर्मपित गरेका शाही भन्छनः अब पश्चिमले फुटबलमा फड्को मार्नु पर्छ
Sunday, June 19th, 2022, 8:39 am
Kalpristha
काठमाडौं, ५ असार
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ जेठ
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालको फुटलब विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन । शाहीले अखिल नेपाल फुटबल संघ(एन्फा)को सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । जसमा शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन ।
शाहीले पश्चिम नेपालको फुटबल सँगै नेपाली फुटबलको व्यवस्थापन पक्ष कमजोर हुँदै गएको बताउँदै नेतृत्वले इमानदार भएर व्यवस्थापन पक्षलाई बलियो बनाउँदै फुटबलको विकासमा लाग्नु पर्ने धारणा व्यक्त गरे । नेपाली फुटबलको विकासमा सक्रिय भएर लागेका शाहीले अब पश्चिम नेपालको फुटबलले फड्को मार्ने दिन आएको बताए । पश्चिममा फुटबलको लोकप्रियता बढाउँदैं फुटबलको स्तर र पुर्वाधार निर्माण गर्नु आफनो मुख्य लक्ष्य रहेको उनले बताए ।
बाँके जिल्लामा नेपालगन्ज गोल्ड कप, ग्रास रुट कार्यक्रम र पुर्वाधार विकास क्षेत्रमा शाहीले नेतृत्वदायी भुमिका खेलेका छन । खेलाडी हुँदै फुटबल व्यवस्थापनमा आफनो जीवन सर्मपित गरेका शाहीले पश्चिममा नेपालमा फुटबलको कुशल नेतृत्वमा गनिन्छन ।
२५ वर्ष देखी उनले बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा बसेर फुटबल विकासमा योगदान गरेका छन । शाही अध्यक्ष रहेको ओशोनिक क्लब बाँकेमा प्रतिभावान महिला खेलाडी उत्पादन गर्ने क्लबका रुपमा चिनिन्छ । जसले उत्पादन गरेका खेलाडीहरुले नेपाली महिला फुटबल टिमबाट समेत खेलिसकेका छन ।
पछिल्लो समय देशले सामना गरेको कोरोना, भुकम्प जस्ता घटना पछि अब फुटबलले नयाँ गतिका साथ काम गर्नु पर्ने समय आएको शाहीले बताए । उनले भने,‘पछिल्ला केहि वर्ष हामी सबैका लागि त्यति सुख रहेन । तर अब समय आएको छ । विगतमा गर्न नसकेको कुरा प्राप्त गर्नको लागि तिव्र गतिमा फुटबल विकासको गतिलाई पछयाउनु पर्नेछ । स्रोत, साधन र प्राविधिक पक्षमा पनि हामीले सुधार गर्न जरुरी छ ।’
पश्चिम क्षेत्रमा फुटबलको राम्रो सम्भावना भएपनि त्यसलाई सदुपयोग गर्न नसकिएको शाहीको भनाई छ । उनले भने, ‘हामी सबै कुरामा निपुर्ण छैनौं । फुटबलको वातावरण निर्माणका लागि जनतामा फुटबलको बारेमा सकारात्मक कुरा बुझाउन जरुरी छ । अर्को कुरा पश्चिम क्षेत्रमा हामीले सोचे जस्तो फुटबलको विकास गर्न सकेका छैनौं । थुप्रै समस्याहरुको हामीले सामना गरिरहेका छौं । अब सबै चुनौतिलाई पन्छाउँदैं अरुको अनुभव र आफनो योजना सहित काम गर्ने हाम्रो लक्ष्य छ ।’