७६ हजार बालबालिकालाई खोप दिने तयारी
Sunday, June 19th, 2022, 5:13 pm
Kalpristha
बाँकेमा ७६ हजार २ सय ३९ बालबालिकालाई कोभिडविरुद्धको खोप दिने तयारी भएको छ । असार ९ गतेबाट ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर-बायोएनटेक खोप दिइने भएको हो ।
असार ९, १० र ११ गतेसम्म संचालन रहेने खोप अभियानमा सबैभन्दा बढी लक्ष्य नेपालगन्ज उप-महानगरपालिकामा २० हजार २ सय ३१ र कोहलुर नगरपालिकामा १० हजार ३ सय ९१ बालबालिका साथै सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय बाँकेको रहेको छ ।
यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३ सय ४५, डुडुवा गाउँपालिकामा ६ हजार ९ सय ८८, जानकी गाउँपालिकामा ६ हजार ३ सय ७२ जनालाई खोप लगाउने लक्ष्य छ । साथै खजुरा गाउँपालिकामा ८ हजार २ सय २४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २ सय ५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
स्वास्थ्य पत्रकार मंचले आयोजना गरेका कोभिडविरुद्धको भ्याक्सिन प्रवद्धन तथा काभिड-१९ को रोकथाम, नियन्त्रण र सम्बन्धमा पत्रकारसँग गरिएको अन्रक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले बालबालिकालाई लगाइने खोपको बारेमा जानकारी दिएका हुन् ।
स्वास्थ्य कार्यालय अनुसार बाँकेमा बालबालिकालाई दिइने खोप संख्यामा १० हजार जति बढ्ने अनुमान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार नेपालगन्ज र कोहलपुरमा बाहिरी जिल्लाबाट आएका बालबालिकाको संख्या धेरै भएकाले स्वास्थ्य कार्यालयले निकोलेको तथ्यांकमा थप हुन सक्नेछ ।
कार्यक्रमा श्रेष्ठले बालबालिकालाई दिइने फाइजर खोप बढी प्रभावकारी रहेको बताए । उक्त खोपले १२ वर्षभन्दा माथिका बालबालिकामा ९५ प्रतिशत प्रभाव देखिएको र ११ वर्षदेखि तल उमेरका बालबालिमा ९१ प्रतिशत प्रभाव पार्ने बताए । साथै उनले विश्व स्वास्थ्य संगठनले फाइजर खोपललाई पहिलो प्राथमिकता दिने र निजीस्तरलाई पनि पहिलो स्वीकृति फाइजर खोपको दिइएको बताए ।
स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएका छन् । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलिरहेको छ ।
खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
मंचका निर्वतमान अध्यक्ष कल्पना आचार्यले खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मीहरुले सहि र तथ्य सूचनाहरु प्रवाह गर्न आग्रह गरिन् । उनले गत सूचना प्रवाहले मानिसहरुलाई खोपप्रति नकारात्मक सन्देश जाने बताइन् ।