‘सर्च फ्याक्ट’ का अनुसार विश्भरमा समग्र खेलकुदको क्षेत्रबाट इन्टरनेटमा सर्वाधिक सर्च गरिने अर्थात् खोजी गरिने टप–१० सेलिब्रेटी मधये इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो परेका छन् । अर्थात्, उनी विश्वकै सर्वाधिक प्रभावशाली खेलाडी बनेका छन् । अन्य विधाका खेलाडीभन्दा रोनाल्डोलाई विश्वभरमा इन्टरनेटमा धेरै खोजी गर्ने गरेको पाइएको छ ।
मानिसले सबैभन्दा धेरै उनलाई इन्टरनेट तथा गुगल इन्जिनमा खोजी गरेका छन् । यस मामिलामा रोनाल्डो आफ्ना खास प्रतिस्पर्धी अर्जेन्टिना तथा फ्रेन्च क्लब लिओनल मेस्सीभन्दा निकै अघि छन् । ठ्याक्कै अंकमा भन्दा १४५ प्रतिशत बढी । विश्वभरका समग्र खेलाडी मध्ये रोनाल्डो मेस्सीभन्दा १४५ बढी प्रभावशाली खेलाडी बनेका हुन् । सार्वजनिक तथ्यले यो बताउँछ ।
आफ्नो करिअर दौरान विभिन्न देशका लिगबाट फुटबल खेल्ने रोनाल्डोलाई औसतमा विभिन्न इन्जिनमा एक महिनामा ११ मिलियन पटक खोजी गर्ने गरिएको छ । यो भनेको महिनामा १ करोड १० लाख पटक हो । रोनाल्डो ती खेलाडी हुन्, जो विश्वकै सर्वाधिक फ्यान फलोइङ भएका सेलिब्रेटी हुन् । सामाजिक सन्जला इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा उनका जति फलोअर्स हुने दोस्रो खेलकुद क्षेत्रको सेलिब्रेटी कोही पनि छैन । यसमा उनको रेकर्ड नै छ ।
टप–१० सेलिब्रेटीको सूचीमै फुटबल खेलाडी रहेका छन्, जो ३७ वर्षका रोनाल्डो हुन् । त्यसपछि दोस्रो स्थानमा रेयान रामचिक रहेका छन् । अमेरिकन फुटबल अफेन्सिभ ट्याकल । उनी इन्टरनेटमा रोनाल्डोपछि धेरै खोजी हुने दोस्रो सेलिब्रेटी हुन् । उनलाई एक महिनामा औसतमा ६.१ पटक इन्टरनेटमा खोजी गर्ने गरेको पाइएको छ । यो भनेको महिनामा ६१ लाखपटक हो ।
तेस्रो स्थानमा फुटबल खेलाडी नै रहेका छन् । ती फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार नेइमार हुन् । उनी फुटबल विधाबाट रोनाल्डोपछि धेरै खोजी गरिने दोस्रो खेलाडी हुन् । इन्टरनेटमा नेइमार पिएसजीका आफ्नै सहकर्मी लिओनल मेस्सीभन्दा पनि लोकप्रिय देखिएका छन् । अर्जेन्टिनाका मेस्सी यो सूचीको पाँचौं स्थानमा मात्रै रहेका छन् । मेस्सीलाई भन्दा नेइमारलाई इन्टरनेटमा मानिसले धेरै सर्च गर्ने गरेको रिपोर्टले देखाएको छ ।
नेइमारपछि र मेस्सीभन्दा अघि चौथो स्थानमा अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्स रहेका छन् । उनलाई विभिन्न सर्च इन्जिनमा एक महिनामा ५.३ मिलियन पटक खोजी गर्ने गरिएको छ । यो भनेको महिनामा ५३ लाखपटक हो । टप–५ सर्वाधिक खोजी गरिने सेलिब्रेटीको सूचीमा टप–५ मध्ये २ जना अमेरिकन खेलाडी छन् भने ३ जना फरक–फरक देशका रहेका छन् ।