बैजनाथको बजेट ७५ करोड
Saturday, June 25th, 2022, 7:39 pm
Kalpristha
आर्थिक वर्ष २०७९-०८० का बैजनाथ गाउँपालिकाले ७५ करोड ४१ लाख ९८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुक्रबार उक्त बजेट प्रस्तुत गरिन् ।
रोकायले कूल बजेटमा संघीय समानीकरण रकम १७ करोड ५० लाख, प्रदेश सरकार समानीकरण रकम ९८ लाख ८२ हजार, संघीय सरकार सशर्त चालू रकम २७ करोड, संघीय सरकार सशर्त पूजिगत रकम २ करोड ३६ लाख रुपैयाँ रहेको बताइन् ।
त्यस्तै प्रदेश सरकार सशर्त रकम १ करोड २० लाख, संघीय सरकार विशेष अनुदान रकम ५० लाख, प्रदेश सरकार विशेष अनुदान रकम ६० लाख, संघीय सरकार समपुरक अनुदान रकम १ करोड ५४ लाख, प्रदेश सरकार समपुरक अनुदान रकम १ करोड ५० लाख रुपैयाँ रहेको कार्यक्रममा जनाइयो ।
साथै संघीय सरकार राजश्व रकम १२ करोड ८२ लाख ६७ हजार, प्रदेश सरकार राजश्व रकम १ करोड १२ लाख ९ हजार, आन्तरिक आय ३ करोड ५० लाख तथा घर जग्गा रजिस्ट्रेसन बापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम १ करोड ५० लाख, जिल्ला समन्वय समिति बाँकेको अनुदान १ करोड २८ लाख ४० हजार र आर्थिक वर्ष २०७८÷७९ को खर्च नभई बाँकी रहने अनुमानित मौज्दात रकम २ करोड रहेको उपाध्यक्षले बताइन् ।