आफूलाई आगो लगाउन खोज्दा श्रीमती जलेर घाइते
Tuesday, June 28th, 2022, 8:05 pm
Kalpristha
दाङको तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्किएर घरमा आगो लगाउन खोज्दा उनकी श्रीमती जलेर घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी उज्ज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर आफूपनि मर्ने र घरमा पनि आगो लगाएर ध्वस्त पार्न खोजेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खाजेको बताएका छन् ।
घरमा आलो लगाउन खोज्दा उनकी श्रीमती २८ वर्षीया माया श्रेष्ठ घाएते भएकी छिन् । श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रीमती श्रेष्ठको हात, खुट्टामा जलेको छ । श्रीमतीसंग पटक-पटक विवाद भएकाले आफू तनाबमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरी समक्ष श्रेष्ठले बयान दिएका छन् ।
उनले श्रीमतीले आफूलाई पटक-पटक मानसिक तनाब दिएको बयान दिएका छन् । उनले आफूलाई पेट्रोल छर्किएर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन् । आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । उज्जवल पटक पटक प्रहरीको थुनामा बस्दै आएका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।