नाला सफा गर्न आफैं खटिँदै विष्ट
Wednesday, June 29th, 2022, 2:44 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नाला सफा गर्न आफैं खटिएका छन् । गए रातिदेखि नेपालगन्जमा परेका अविरल वर्षाका कारण नाला अबरुद्ध भई पानी निकास नभएका क्षेत्रमा विष्ट आफंैै पुगेका हुन् ।
पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन जेसिबीसहित बुधकार विशान फिल्डमा उनी पुगेका थिए ।
अबिरल बर्षाका कारण नेपालगन्जको ठाउँ-ठाउँमा जमेको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ र ६ का विभिन्न बस्तीहरुमा पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए ।

.
वडा नम्बर ४ को सेतु विकचोक नजिकै न्यूरोडमा बागेश्वरी क्युएफएक्सको अगाडि नाला अबरुद्ध हुँदा सडकमा पानी जमेको थियो । जेसिबीले त्यहाँ नाला सफा गरेको थियो । बसपार्कदेखि पुरैनी कान्तिताल जाने बाटोमा वडा नम्बर ६ स्थित टोलमा निकास नपाएर थुनिएको पानीलाई जेसिबीको सहायताबाट ह्युमपाइप सफा गरी निकास दिइएको छ । कतिपय नाला भएको ठाउँमा बाटो र घर वरिपरि जम्मा भएको पानीलाई पनि निकास दिइएको छ ।
‘बर्षा सुरु हुनुअघि नै हामीले नगरका धेरैजसो नाला सफा गरिसकेका थियौं, धैरै ठाउँमा पानीको सहज निकास भएको देखिएको छ, तर, केही ठाउँमा समस्या देखिएपछि म आफैं ती ठाउँहरुमा पुगेर पानीको निकास दिने काम भएको छ,’ नगर प्रमुख विष्टले भने, ‘कतिपय ठाउँमा बाटो मात्रै बनेको छ, नाला छैन, घर बनेका छन्, पानीको निकास छैन, त्यसकारण समस्या भएको हो, ती ठाउँहरुमा म विहानै पुगेर समस्या समाधान गरिएको छ ।’