रोशन पराजुलीका तीन लघुकथा
Saturday, July 2nd, 2022, 10:31 am
Kalpristha
लुकेको माया
‘झट्ट सुन्दा पनि पत्याउन नसकिने कस्तो नराम्रो हैट, विचरी सुन्तली !’
आँगनका डिलमा बसेर चतुरि खै के के भन्दै थिइ,
भित्रवाट फुर्के फुत्त बाहिर निस्कियो ।
चतुररी छक्क परी !
बिहानै खाजाभात खाएर वस्तुसँगै जंगल पसेका पोई यति चाडै घरभित्रबाट निस्कँदा ऊ डराई ।
नडरावोस पनि किन नि जुठेल्नामा बिहान देखिका जुठाभाँडा घामले कक्रिरहेका थिए ।
उस्का सातो जाला जस्तो भयो र अवाक भई ।
कहाँबाट नि महिसाब यति चाडै घर सम्झनु भयो ?
पोईका तिखा वाणले उ नतमस्तक भै ।
‘अनि गाउँ तीरका के समाचार ल्याइस त ?’
कतै सन्तेका घर तिर चो चो जोड्न त गा हैन ?
ला पोइले थाहा पाएछँन्, अब फेरि जगल्टा भन्दै टाउका सुमसुमाउन थाली ।
‘पोई गनगन् गर्न थाल्यो उ सुनिरही !’
‘विचरा सन्ते यस्ता असार मासको बेलामा विदेसियो ।’
घरमा स्वास्नी गतिलि हुन पर्यो नि ।
छँदा छदैका बाउ आमाबाट छुट्याएर नयाँ घर बनाउँनु पर्यो ।
‘विचरा कस्तो अभागी रै’छ !’
एक्लो छोरा सन्तान मर्दा मर्दा ऊ मात्र बाँचेको रे ।
साहै्र मिजासिलो थियो, मेरो बच्चा देखिको साथी दुःख सुख्खमा मिलेर काम गथ्र्यौ ।
तेहि वाहिफालेका कारण तेरि सौता पनि उसैका मामाका छोरासँग सल्की ।
अनि त जस्ता कुरौटे भित्र्याउनु पर्यो म अभागीले ।
म पनि नाम अनुसारको फुर्के, फुरुक्क तेरा अनुहार देख्ना साथ हुन्छ भनेर विहे गरें ।
आज फेरि लथालिङ्ग भो मेरो घर ।
अझै ऊ डराइरहेकी थिई पोइका पीडा भरि ब्यथाले टपक्क आँसु खसाली ।
अनि विहान देखिका घामले कक्रेका भाडा भिजाउँदै, भान्सामा पसेर तातो चिया एक गेलास फुर्केलाई दिंदै छेउमा टाँसिएर बसी ।
अनि सुन्तली के भन्दै थिइस् नि भन् त ।
के हुनु नि यसपाली पनि आङ्ग खसेछ ।
ओरालोमा चिप्लेर लडिछे !
तिमी गोठाला हिँडेपछि ।
म र म्याकुरी अस्पताल पुगेर आएका, उसैलाई बोकेर लगेका थियौ ।
स्वास्नीका बहादुरीमा कसैले नदेखिने गरी मुसुक्क हाँस्यो र तपक्क आँसु खसाल्यो भुँईमा ।
अनसन
जाउँ आज भानुचोकतिर, जीवनले अनन्तलाई भन्यो ।
हे किन जानु नि फेरि बल्ल बल्ल आज शनिबार पर्या छ ।
बल्ल सात दिनमा एक दिन छुट्टि भा छ, अनन्तले भन्यो ।
हप्तामा एक दिन यसो मनका भावहरु कोर्नु छ, फेरि मेरी प्रियलाई ।
अनन्तको जवाफले जीवन एकछिन् अक्मकियो !
अच्चम्म लाग्नु पनि स्वभाविक थियो, उस्लाई अनन्तका कुराले ।
कहिल्यै प्रेम नगरेको मान्छे कसरी प्रेमपत्र लेख्न आँट्यो, कुनै प्रियलाई ।
एकछिन् असमन्जसमा पर्यो ऊ आफूसँगै पढेका केटी सहपाठी सम्झियो, तर हेक्का भएन पनि ।
उस्लाई पछ्याउने धेरै मध्येका सबैभन्दा नराम्री, तर विचार शुद्व भएकी पवित्रा उस्को मनमा गड्यो ।
सोँधु या नसोँधु फेरि पनि ऊ अन्यौल भयो, किनकी उस्ले अहिलेसम्म विवाह नै गर्या छैन ।
उता पवित्रा अनुहार कुरुप भए पनि तन मन धनले पवित्र थिइन् ।
हैन के सम्झेको जीवन तैले फेरि ?
अनि चिठ्ठी आउँदै छ त तेरो अझै पनि ।
ल किन नहुनु हप्तामा एक दिन एउटा आउँछ मेरी प्रियको मनका कुरा, अनन्त बोल्यो ।
तर ऊ पवित्रालाई पटक्कै मन पराउँदैन थियो ।
उस्लाई गुमनाम चिठ्ठी भने आइरहन्थ्यो । ऊ जवाफ पनि फर्काउँ थियो ।
जीवनका ढिपीमा अनन्त चट्पटाएन ।
अनि भोलिपल्ट विहान अनन्तको हातमा जीवनले एउटा पत्रिका थमाई दियो ।
पत्रिकाको अगाडि पेजमा आमरण अनसन लेखिएको पवित्राको ठूलो तस्विर थियो ।
अनन्तको हातमा आमरण अनसन बस्छु भन्ने पत्र साथै थियो ।
झोलाको भारी
घर अगाडि बाटोमा घ्याच्च बस रोकियो ।
नाति स्पर्श रुन्चे अनुहार बनाउँदै मूल ढोकाभित्र खुट्टा लर्बराउँदै पस्यो ।
म ऊभित्र पसेको नियाली रहेको थिए ।
उस्ले काँधबाट पन्ध्र किलोको ब्याग फुत्त भुईमा राख्यो र आराम कुर्चीमा थ्याच्च बसेर रुन थाल्यो ।
‘म अबदेखि स्कुल जान्न बा !’ भन्दै, उ घुक्क घुक्क गर्न थाल्यो ।
म अवाक्क भएर उस्लाई नियाल्न थालेँ ।
ऊ गन्गन गरिरह्यो ।
‘ला पानी पिई हाल’, गला पनि सुके जस्तै छ । भन्दै उस्लाई मैले टेबुल माथिको फिल्टरबाट पानी भरेर दिएँ ।
ऊ पनि सुँकसुकाउँदै पानी पिउन थाल्यो ।
मैले आँसु पुछिदिँदै सोधि हालेँ ।
के भयो त मेरा राजा छोरालाई ?
किन रुदै स्कुल जान्न भनेको भन त ?
मैले प्रश्न सोध्न नपाउँदै उस्ले भनिहाल्यो ।
होमवर्क पनि धेरै ब्याग पनि भारी ।
म स्तब्ध भएर आफ्ना बालापनमा, आमाले सानो कालो पाटी र खरी हातमा दिएर स्कुल पठाउनु भएको सम्झ्न थालेँ ।
धरान सुनसरी