वैदेशिक सम्बन्ध जोगाउन गम्भिरताको खाँचो
Sunday, July 3rd, 2022, 12:07 pm
Kalpristha
कृष्णबहादुर विकेरसाइली
संसारका कुनै पनि दुई देशबीचको सम्बन्ध खास गरी ती देशका ऐतिहासिक सांस्कृतिक धार्मिक र भाषिक पृष्ठ भूमिबाट निर्मित हुन्छ । विगतको सामाजिक आर्थिक सांस्कृतिक र भाषिक सम्बन्धले भविष्यको सम्बन्धलाई मार्ग निर्देश गर्दछ । यस प्रकारको सम्बन्ध नेपाल र भारतका बिच रहेको धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुले पनि प्रष्ट पार्छ ।
हुनत नेपाल र भारत सार्वभौम एम् स्वतन्त्र राष्ट्रको हैसियतमा रहे पनि भारतसँग नेपालको सम्बन्ध सदियौंदेखि प्रगाढ रहँदै आएको छ । अनेकन उतार चढाव पार गर्दै आयता पनि नेपाल र भारत बिचको सम्बन्ध अरु देशसँग तुलना नै गर्न नसकिने विशेष सम्बन्ध रहि आएको छ ।
नेपाल र भारत बिचको सम्बन्धलाई घनिष्ट बनाउने प्रमुख तत्व भनेको धार्मिक सांस्कृतिक सामाजिक र भाषिक समानता नै हो । यि दुई देशका जनताले प्राचीन समयदेखि नै एकैखाले धर्म सस्कार मान्दै आएको पाइन्छ । दुई देशका अधिकांश जनसंख्याले सनातन हिन्दू धर्मको अवलम्बन गरेका छन् ।
हाम्रो धर्म ग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् । दुवै देशबीच कुनै सीमामा बन्देज रहेको छैन ।
हिन्दू धर्मले मान्दै आएका देविदेउवादेखि ऋषिमुनिहरुले आफ्नो ग्यान साधनको लागि निर्वाधरुपमा एक अर्काको देशमा आवतजावत गरेको देखिन्छ । नेपाल र भारत बिचको रोटी र बेटीको सम्बन्ध अहिलेमात्र जोडिएको हैन । जब राम र सीताको वैवाहिक सम्बन्ध देखिनै यसको सम्बन्ध रहँदै आयोको छ ।
तसर्थ नेपाल र भारत बिचको सम्बन्ध प्रगाढ छ भन्न सकिने अवस्था छ ।
यस प्रकारको सम्बन्धलाई अझै कसिलो बनाउन पछिको समयमा आर्थिक र व्यपारिक सम्बन्धले अझै महत्वपूणर् भूमिका खेल्दै आएको छ । नेपालबाट निर्यात हुने वस्तुको दुई/तिहाई भारत मानै हुने गर्दछ । भने आयात पनि भारतबाट दुई/तिहाई हुने गर्दछ ।
तेस्रो मुलुकमा हुने व्यापार पनि भारतकै भूमि भएरै हुने गर्दछ ।
नेपाली श्रमिकहरु पनि लाखौं सख्या भारतमा रोजगार गरिरहेका छन् भने रोजगार र ब्यपारको सिलसिलामा भारतीयहरु पनि लाखौंको संख्यामा नेपालमा रहेका छन् ।
भारतीय अर्थतन्त्रमा आयका सामान्य आर्थिक एवम् व्यापारिक उत्तरचढावले पनि नेपाली अर्थतन्त्रलाई गम्भीर असर पारेको पाइन्छ । तर विगत दुई दशकदेखि नेपाल र भारतिय नागरिकका बिच बढ्दै गएको अविश्वास वृतिष्णाका कारण प्रविन कालदेखिको सम्बन्धमा दरार पर्न सक्ने खतरा दिनानु दिन बढ्दै गएको छ । यस विषयमा विशेषगरी दुवै देशका सरकार, राजनीतिक दल कुटनीतिक नियोग, दुवै देशका धार्मिक सांस्कृतिक विभिन्न संघ-संस्थाले समयमा नै गम्भिरताका साथ समस्या समाधान तर्फ लाग्न जरुरी छ ।
यदि समयमै प्राचीन कालदेखिको सम्बन्धलाई कायम राख्न नसके नेपाल र भारत बिचको सम्बन्ध राम्रो हेर्न नचाहिने तत्वहरु अझै सकृय भय दुवै देशका लागि हानि हुन सक्छ ।