ठूलीभेरी नगरपालिकाको बजेट ४३ करोड ९६ लाख ९३ हजार
Sunday, July 3rd, 2022, 6:01 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १९ असार
ठूलीभेरीनगरपालिकाको ९ औ नगरसभा सम्पन्न भएको छ । कृषि स्वच्छ खानेपानी स्वास्थ्य शिक्षा र सडक विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९।२०८० को विनियोजित बजेट नीति तथा कार्यक्रमका साथ नगरसभा सम्पन्न भएको हो ।
स्वच्छ खानेपानी स्वाथ्य कृषि शिक्षा र सडक विकास समृद्द नगरपालिकाको प्रमुख आधार भन्ने नाराका साथ उद्घाटन भई सम्पन्न भएको नगरसभाले ४१ करोड ९६ लाख ९३ हजार बराबरको वजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटमा चालु तर्फ २१ करोड ६५ लाख ६ हजार १८० चालु तर्फ २१ करोड ४३ लाख ८ हजार ७०० र अघिल्लो आर्थिक वर्षको १ करोड गरेर ४१ करोड ९६ लाख ९३ हजार बरावरको वजेट विनियोजन गरेको हो ।
प्रमुख अतिथी तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया ठूलीभेरीनगरका प्रमुख सुवणर् बुढाले संयुक्त रुपमा पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गरेका थिए । नगरसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी जनचन्द्र रोकायाले जिल्ला र आफ्ना नागरिकको विकासमा कुनै कसुर बाँकी नराखेर लाग्नुपर्ने बताए ।
निर्वाचनको क्रममा राजनीतिकदलको तर्फबाट टिकट लिएर निर्वाचित भइसकेपछि मेरोपाटी फलानाको पार्टी नभनेर साझा प्रतिनिधिको रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
फरक-फरक पालिकाको प्रमुख भए पनि जिल्ला र नगरको साझा विकासको एजेण्डामा आफ्नो पूणर् सहयोग र सर्मथन रहने पनि प्रमुख अतिथि रोकायाले बताए ।
.
ठूलीभेरी नगरपालिकाका प्रमुख सूवणर् बुढाले नगरको समग्र समृद्धि र सुशासनका साथ विकास गर्न सबैको हातेमालोको आवश्यकता रहेको उल्लेख गर्दै विगतका वर्षमा लोकतन्त्रको नाममा अघिल्ला जनप्रतिनिधिहरुले विकासमा लुटतन्त्र मच्च्याएको बताए ।
नगरको विकास र सम्बृद्दिको लागि र गाउँ गाउँमा सिँहदरवार पुगेको नागरिकलाई अनुभूती दिलाउन हरेक पाइला पाइलामा नागरिकको खवरदारीको खाँचो रहेको पनि नगरप्रमुख बुढाको भनाइ थियो ।
ठूलीभेरी नगरपालिका वडाअध्यक्षहरुको तर्फवाट मन्तब्य राख्दै वडा नम्बर ९ का अध्यक्ष सुवास कठायतले ९ औ नगरसभाबाट नगरको विकासका लागि डोजर एम्बुलेन्स खरिद शिक्षा खानेपानी र अर्गानिक कृष खेतीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए ।
उदघाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जिल्ला भूमि आयोगका प्रतिनिधिले नगरसभाको सफलताको शुभकामना दिए ।