डोल्पोबुद्दका नागरिकलाई सदरमुकाम दुनै आउन काइके युवाहरुद्वारा बन्देज
Monday, July 4th, 2022, 10:02 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा डोल्पा,
डोल्पोबुद्द गाउँपालिकाका नागरिकले आफुहरुलाई सदरमुकाम दुनै आउन बन्देज लगाइएको आरोप लगाएका छन ।ब्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम दुनै तर्फ आउने क्रममा डोल्पोबुद्द गाउँपालिकाका नागरिकलाई बाटो कुरेर काइके गाउँपालिकाका युवाहरुले कुटपिट गरी कसदरमुकाम जान रोक लगाएको आरोप उनीहरुको छ ।
डोल्पोबुद्द गाउँपालिका १ धो का नोर्वु थिन्ले लामा डोल्मा लामा र गर्भवती महिला लुजुङ गुरुगलाई असार १९ गते सदरमुकाम तर्फ आउदै गरेको अवस्थामा काइके गाउँपालिकाका अमित बुढा बमबहादुर ठकुल्ला कैलाश मगर र पाल्जोर रोकाया सहितका दर्जन युवाहरुले कुटपिट गरी सदरमुकाम आउन नदिएर बीच बाटोवाटै फर्काई दिएको आरोप धो तरापका क्याल्पो थापा भोटेले लगाउनु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय अन्र्तगतका साना सिचाई योजना सम्पन्न गरि भुक्तानीको लागि धो तरापका नोर्वु थिन्ले लामा र डोल्मा लामा १९ गते सदरमुकाम तर्फ आउदै गर्दा ठूलीभेरी नगरपालिका १ र काइके गाउँपालिका बीचमा पर्ने पाल्च खोला नजिक काइकेका युवाले कुटपिट गरेको पिडित पक्षको आरोप छ ।लुजुङ गुरुग भने स्वास्थ्य परिक्षणको लागि सदरमुकाम तर्फ आउदै हुनु हुन्थ्यो ।
डोल्पाबुद्द गापा १ धोका तार्के लामा कुन्जोम लामा क्याल्पो थापा भोटे र धावा छिरिङ गुरुगले सासंद धनबहादुर बुढा पुर्व जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा काइके गाउँपालिका अध्यक्ष अंगत राना नवनिवाचित जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र रोकायाको निर्देशनमा अमित राना र पाल्जोर रोकाया सहितका दर्जन युवाहरुले कुटपिट गरेको आरोप लगाउदै प्रहरी चौकी धोमा निवेदन दिनु भएको छ ।
क्याल्पो थापा भोटे लगायतका ब्यक्तिहरुले आफुप्रति लगाएको आरोप कपोकल्पित भा्रमक र चरित्र हत्या गर्ने उद्देश्य रहेको बताउदै आफ्नो लागि सबै नागरिक बराबर भएको सासंद धनबहादुर बुढाले बताउनु भयो ।
उहाँले भन्नु भयो म मात्र होइन काइकेका कुनैपनि नागरिकले यस्तो अमानवीय कार्य गर्दैन ।जिल्ला प्रहरी नायव उपरिक्षक निरन्जन थापाले असार १९ गतेको दिन सम्म कुनै पनि नागरिकको अपहरण र कुटपिट भएको जानकारी आफुमा नआएको बताउनु भयो ।
धो का युवाहरुलाई काइके गाउँपालिकाका युवाहरुले कुटपिट गरी सदरमुकाम आउन बन्देज लगाएको कुरा के हो त बास्तविकता भन्ने प्रश्नमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।