गणेशमान सिंह फाउन्डेसनद्वारा प्रजातन्त्र सेनानीलाई सम्मान
Wednesday, July 6th, 2022, 3:47 pm
Kalpristha
गणेशमान सिंह फाउन्डेसनले प्रजातन्त्र सेनारी स्व. गणेश कर्माचार्य र स्व.चम्पा थारुलाई सम्मान गरेको छ । गणेशमान सिंह फाउन्डेसनले बुधकार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेर कदरपत्रसहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रजातन्त्र सेनानी लक्षमणप्रसाद बर्माले प्रजातन्त्र सेनानी स्व.कर्माचार्यका कान्छा छोरा विशालबहादुर कर्माचार्य र प्रजातन्त्र सेनासी स्व. थारुका नाती जंगबहादुर चौधरीलाई उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।
नेपालमा प्रजातन्त्र स्थापना एवम् सवर्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनहरुमा सक्रीय सहभागी भई सत्यनिष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही आदर्श स्थापित गर्नु भएकोले गणेशमान सिंह फाउन्डेसनले उनको स्मृतिमा स्व. कर्माचार्य र स्व.थारुलाई कदरपत्र प्रदान गरेको फाउन्डेसन बाँके शाखाका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
.
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजातन्त्र सेनानी बर्माले नेपाली कांग्रेस र देश परिवर्तनका लागि बलिदान दिएका अग्रज व्यक्तिहरुलाई पार्टीले सम्झन नसकेको बताए । उनले २००६ सालदेखि विभिन्न आन्दोलनमा सरिक भएका बाँकेका अग्रज सेनानीहरुलाई नयाँ पुस्ताले बिर्सिँदै गएको बताए ।
बर्माले पाटीमा आउने नयाँ पुस्ताले पुराना पुस्तालाई उछिन्दै गएको र अभिवेशनका बेला भोटका लागिमात्र सम्झने गरिएको गुनासो व्यक्त गरे । उनले भने, ‘जबसम्म नेपाली कांग्रेसमा तलदेखि माथिसम्मको दायरा तोकिँदैन र तेरो मेरो भन्ने हटदैन तबसम्म पार्टी बलियो हुँदैन ।’
उनले ठगबन्धनका कारण नेपाली कांग्रेस खुम्चिएको र साना-साना पाटीको दबदबा बढेको बताए ।
फाउन्डेसन बाँके शाखाका सल्लाहकार हेमन्द कर्माचार्यले पहिलोपटक बाँकेमा कदरपत्र र नगदसहित प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको बताए ।
.