डोल्पामा बाढी पहिरोले करिब २ करोडको क्षति, २४ घरपरिवार विस्थापित
Wednesday, July 6th, 2022, 6:17 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, असार २२
सोमवार आएको वाढीपहिरोले सदरमुकाम दुनैस्थित शान्ति टोलमा २ करोड बराबरको क्षती गरेको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय डोल्पाले शान्ति टोलमा बाढीपहिरोका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । ठुलीभेरी नगरपालिका ३ मा पर्ने सदरमुकाम दुनैस्थित शान्ति टोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको ढुङ्गा,माटो र तिन बनेको १एक तले घरमा पूर्ण क्षति गरेको छ ।
घरनिर्माणको लागि राखिएको ,सिमेन्ट १० बोरा,एक लाख नगद पैसा,कागज पत्र, दुई तोला सुन,२० थान प्लाष्टिकको सानो डरम,दाउरा १ ट्राली १ थान घन, १ थान साबेल, ३ थान बेल्चा र लगाउने,सुत्ने लुगा समेत बगाएको छ ।धनबहादुर घर्तिको २० कट्टा सिमेन्ट,घर बनाउने ढुङ्गा २ चट्टा,काठ कडी २५ थान, लगाउने र सुत्ने लुगा सहित बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी डोल्पा प्रहरीका अनुसार झुमा बिकको शौचालय १ स्नान गृह १ र १ रोपनी अन्नबाली सहितको खेतबारी,बाच्याँ कुलाल २ रोपनी अन्नबाली सहितको खेतबारी,ओखरको रुख ९दुई०, आरुको रुख एक, दुई रोल पाईप,४ वटा कोदालो, र २ ९दुई० वटा बेल्चा मोति मिजारको दुङ्गा,माटो र टिनले एको शौचालय एक पूर्ण क्षेति भएको उर्मिला विश्वनकर्माको नयाँ बन्दै गरेको एक तले पक्की घर डुवान,दश ट्राली गिट्टी, १० ट्राली बालुवा, १० क्वन्टल सरिया,३०० ब्लक,१०० थान काठ,घर बनाउने मिस्त्र सामाग्री सवै,५ बेल्चा,६० घन, ४ हथौडा,काठ,फलाम काट्ने मेसिन २ थान,५००लि. को ठुलो ड्रम,३५ लि। को सानो ड्रम, दुई सब्बल,पाँच वटा करेन्टी,२० थान काठको फल्याक,पलाई १० थान, १०० वटा काठको टेका,४० बोरा सिमेन्ट,ब्याण्डिङ तार ५ किलो,फलामका किला १० किलो र आधा चट्टा ढुङ्गा बगाएको समेत बगाएको छ ।
मोतिलाल रोकायाको ढुङ्गा,माटो र टिनले छाएको २ तले घर डुवान, ५०० बर्ग क्षेत्रफलको अन्नबाली सहितको खेतबारी,आधा चट्टा ढुङ्गा, टिन र काठले बनेको २ कोठाको टहरा पुर्ण क्षेति,२ के।जी। घुच्ची स्याउ,एक लाख तिस हजार नगद पैसा, २।५ तोला सुन र ४ वटा खाट बगाएको छ ।नवराज रोकायाको ढङ्गा,माटो र टिनले छाएको २ तले घर डुवान,५०० वर्ग क्षेत्रफलको अन्नबाली सहितको खेतबारी,२० थान काठ,मान बहादुर रोकायाको ढङ्गा,माटो र टिनले छाएको २ तले घर डुवान,५०० वर्ग क्षेत्रफलको अन्नबाली सहितको खेतबारी बगाएको समेत बगाएको छ ।
कर्ण बहादुर रोकायाकोढङ्गा,माटो र टिनले छाएको २ तले घर डुवान,५०० वर्ग क्षेत्रफलको अन्नबाली सहितको खेतबारी बगाएको ।माया देवी बुढा कोढुङ्गा,माटो बनेको १९एक० तले भान्साघरमा आंषिक क्षेति पुगेको छ । पुर्ण रोकायाको ६६० वर्ग क्षेत्रफलको अन्नबाली सहितको खेतबारी, हस्त बि।क।को ढुङगा,माटो र टिनले छाएको ४ कोठाको एक तले घर पूर्ण क्षेती,लगाउने र सुत्ने कपडा सवै, भान्साकोठा प्रयोग गरिने भान्डावतन सवै, एक लाख चौविस हजार नगद पैसा, सामसुङ मोवाईल १ थान र डिजे साउण्ड ३ थान सहित बगाएको छ ।
सोही घरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाले तालिम संचालनका लागि राखिएका सामाग्रीहरु दश थान कुर्ची,कपडा सिलाउने खुट्टे मेसिन दश थान,कैची दश थान ढुङ्गा माटोले बनेको कच्ची ट्वाईलेट र कपडा ९० मिटर बगाई पुरेको प्रहरी नायव उपरिक्षक निरन्जन थापाले बताए ।
पदम रोकायाको काठ र टिनले बनेको दुई र एक कोठाको टहरा पुर्ण क्षेति भएको,३ वटा ग्यास चुलो र सिलिण्डर, ६०थान फ्लाक,काठ काट्ने मेसिन एक थान, कुकर दुई थान, पानी राख्ने ड्रम पाँच थान, रक्सी बनाउने भाडा एक थान, इएएइमोवाईल एक०थान,मकै दश बोरा,सुत्ने खाट दुई थान, थर्मस दुई थान, भन्साकोठाको प्रयोजनका लागि प्रयोग हुने भाडावतन सवै, काठ २० थान,लगाउने र सुत्ने कपडा सवै,एक रोपनी अन्नबाली सहितको खेतबारी र दाउरा एक ट्राली बगाएको तिउली बिकको विस हजार नगद पैसा,लगाउने र सुत्ने लुगा,ग्यास चुलो र सिलिण्डर सहतिको भान्सा घरको भाडावतन सवै, डेक्ची एक थान र ड्रम चार वटा पञ्च बहादुर बुढाको सिमेन्ट र ढुङ्गाले बनाएको एकतले दुई कोठाको पक्की घर पूर्णरुपमा क्षेत्री भएको, डेढ तोला सुन,३५० वटा यार्सागुम्बा, रेड्मी मोवाईल दुई वटा,घर परिवारको शैक्षिक प्रमाण पत्र सवै,भान्साकोठा प्रयोजनको लागि प्रयोग हुने भाडावतन सवै,मकै पाँचबोरा,ग्यास चुलो र सिलिण्डर दुई थान,लगाउने र सुत्ने लत्ता कपडा सवै,नगद पैसा नब्बे हजार, चार बोरा सिमेन्ट, ३ बोरा गौँ, घरजग्गाको लालपुर्जा,नेपाली नागरिकताको प्रमाण पत्र ४९चार थान र बिमाको कागज पत्र समेत बगाएको छ ।
पेमा गुर्मे गुरुङ मकै चौध बोरा,२० हजार नगद र नेपाली नागरिकता सहितको झोला,घोडा सेट एक थान,३९तिन० सेट खच्चड,रक्सी,तेल,चामल,कोक र मैदा सहितको २४ खच्चडको भारी ४८ पिस ,पासाङ गुरुङको मैदा १० बोरा, चामल १० बोरा, टुबोर्ग बियर १० पेटी, फुर्टी २० पेटी, सोलार प्यानल ३ थान, खच्चडको १४ सेट, खुकुरीरम २० पेटी, डडद्धड रक्सी १० पेटी,चिउरा ३ क्विन्टल,कोक २५पेटी,घोडामा राख्ने गलैचा ७९सात० थान० खाले तेल बिस पेटी,चिनी ५ क्विन्टल र ग्यास सिलिण्डर २० वटा कोनडोक ल्याक्याप गुरुङको मकै २०क्विन्टल,नगद एक लाख र नेपाली नागरिकता २ थान सहितको झोला, २० क्विन्टल चामल,मैदा २० क्विन्टल,चिनी ५ क्विन्टल,खाने तेल २०पेटी,बेयर २०पेटी र ग्यास सिलिण्डर १४ थान बगाएको छ ।
यसैगरी राम प्रसाद बुढा राजन बुढा कमल कुमारी बुढा पुजा तामाङ कमला बिकको गरी २४ जनाको घर खेतवारी अन्नपानी लत्ताकपडा सुन चाँदी समेत गरेर झण्डै १ करोड ५० लाख बराबरको क्षेती भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षेती मुल्याङ्कन विवरणमा उल्लेख छ । सोमवार वाढीपहिरोवाट विस्थापितहरुको अवस्था र क्षेतीको विवरण बुझ्न ठूलीभेरीनगरपालिकाका नगरप्रमुख सुवर्णकुमार बुढा सहितको टोली बाढीग्रस्त क्षेत्रको निरिक्षणमा गएको थियो ।