सद्भावको सहर झल्काएको नेपालगन्जको बकर ईद
Sunday, July 10th, 2022, 4:59 pm
Kalpristha
बाँके नेपालगन्ज सहर सद्भावको सहरको रुपमा त्यसै परिचित भएको होइन । यस सहरमा बस्ने सबै धर्म, जातीबीच रहेको मेलमिलाप, आपसी भाईचारा, शून्य भेद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउने गर्दछ ।
नेपालगन्जमा हिन्दू र मुस्लिम समूदायको बाहुल्यता रहेको छ । यस अलवा अन्य धर्मका मानिसहरुको पनि नेपालगन्जमा बसोबास रहेको छ । हरेक वर्ष नेपालगन्जमा मनाइने सबै धर्मका पर्वहरुमा यहाँ मानिसहरुमा कुनै पनि किसिमको फरकपन देख्न सकिँदैन ।
त्यस्तै आइतबार इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईदुल अजहा बकराईदका अवसरमा नेपालगन्जमा देखिएको हर्षोउल्लासले पनि नेपालगन्ज सहर सद्भावको सहर हो भन्ने प्रमाण पेस गर्दछ ।
बकराईदको अवसरमा आइतबार बिहान नेपालगन्जको वीपी चोक नजिक रहेको इदगाह मस्जितमा इस्लाम धर्मावलम्बीको ठूलो उपस्थिति रह्यो । उनीहरुले सामूहिक नमाज (प्राथना) गरेपछि शुभकामना आदानप्रदानमा नेपालगन्जका अन्य धर्मावलम्बीको पनि प्रशस्त उपस्थिति देखियो ।
…
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रसान्त विष्ट, उप-प्रमुख कमरुद्दीन राईलगायत विभिन्न वडाका जनप्रतिनिधि, नेपालगन्ज उप-महानगरपालिकाका निवर्तमान प्रमुख डा.धवल शमशेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य तथा हजारौंको संख्यामा मुस्लिम तथा गैर मुस्लिम समुदायहरुको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदानमा मन्त्री राईले नेपालगन्जलाई सद्भावको सहरको रुपमा देश तथा विदेशमा चिनाउनका लागि धार्मिक गुरु, सामाजिक अभियान्ता तथा यस क्षेत्रका जनताको योगदान रहेको बताए । साथै उनले विद्यमान समयमा सामाजिक सद्भावलार्ई खलबलाउन नभएका मुद्दाहरुलाई समाजमा ल्याउने काम गरिएको बताए ।
..
राईले कुनै पनि राजनीतिक तथा व्यक्तिका आधारमा नेपालगन्जको सामाजिक सद्भावलाई बिगार्ने काम नगर्न आग्रहसमेत गरेका छन् ।
इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढ्ने गर्दछन् ।
तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बली) दिनुपर्ने विशेषता छ । बकर इदमा हज र कुर्बानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु बली कुर्बानी दिने चलन छ ।
…