शहरी फोहर मैला व्यवस्थापनमा रणनीति परिवर्तन आवश्यक
Tuesday, July 12th, 2022, 5:09 pm
Kalpristha
अध्ययन कर्ताहरुका अनुशार उधाहरणको लागि यदि हामीले करिश १० लाख मोबाइल फोनलाई हेर्यौ भने तीनमा २४ किलो सुन १६ हजार केजी तामा ३ सय ५० केजी चाँदी एवं १४ केजी पैलेडियम हुन्छ । यदि यस फोहरको कूल मूल्यको कुरा गर्ने हो भने यो करी ८.६ लाख करोड रुपैयाँ बराबरको थियो । जुन कतिपय कुलुकहरुको जिडिपीभन्दा बढी छ ।
डा. केदार कार्की
देशका धेरै जसो शहरी क्षेत्रहरुमा फोहरमैला उत्पादनमा ठूलो मात्रामा वृद्धि भएको छ । हाम्रो परिवेशमा सकल घरेलु एवं सामुदायीक फोहरमैला संकलन गरी परिवहनको माध्यमबाट सुरक्षित लैण्डफिल साइटमा लैजाने एवं तिनको व्यवस्था पन गर्नुपर्ने प्रावधान त छ । यस्को मुख्य उद्दयेश्य हाम्रो वरिपरीको फोहरलाई हटाएर शहरलाई सफा राख्नु हो । तर यो नीति व्यवहारमा प्रतिविम्वीत हुनमा विफल जस्तो देखिन्छ । अनी हाम्रा शहरमा फोहर मैलाको थुप्रो बढ्दै गइरहेको छ ।
महानगरपालिका, उप-महानगरपालिका एवं नगरपालिकाहरुको सेवामा न्यूनतम चुस्तता एवं प्रभावकारिताले गर्दा जुन फोहर मैला बेलैमा उठेनन ती हाम्रो टोल छिमेकमा थुप्रिँदै गएको दृश्य हेर्न अन्यत्र कतै जानु पर्दैन । काठमाडाँै महानगरपालीकालगायत विभिन्न उप-महानगरपालिका तथा नगरपालिका यहासँम्मकी गाउँपालिकाका वडाहरु को टोल-टोलमा देख्न सकिन्छ ।
सरकारी स्तरमा पछिल्ला केहि वर्ष यता फोहर मैला प्रवन्धनको रणनीतिमा तेजीले परिवर्तन ल्ययाउनु पर्ने हुन्छ । घरहरु, कार्यालयहरु एवम् कलकारखानाबाट निस्किने अपशिष्ट फोहरलाई व्यवस्थापन गर्न सरकारले नीति नियम एवं निमयावली तयार पार्दैछन् । अव यी परिवर्तनहरु हाम्रा गतिविधिहरुमा पनि परिलक्षित हुनु पर्नेछ ।
हाम्रो फोहर हाम्रो संसाधन श्रोत बन्नु पर्यो । जुन दोहर्याएर प्रयोगमा ल्याउन सकिने बनाउन सकियोस । यस कदमले दुनियामा धेरैभन्दा धेरै सामानको खपत कम हुनेछ । बरु पर्यावरणलाई हुने क्षतिबाट पनी बचाउने छ । यो सबैका लागि हितकारी समाधान पनी हो ।
हामी लाई थाहा छ । जब समाज धनी एवम् शहरी बन्दछ, ठोश अपशिष्टको प्रकृति पनि बदलिन्छ । सडनशिल फोहोरको ठाउमा घरबाट प्लास्टिक कागज धातु एवं अन्य गैर सडनशील फोहोर बढी निस्कन्छ । साथै प्रति व्यतिm फोहरको उत्पादन पनि बढेर जान्छ ।
पछिल्ला केहि सालहरुमा राज्यले फोहोर मैला व्यवस्थापन रणनीतिमा परिवर्तन गरेको छ । यस्को पूरा ध्यान श्रोतमा नै फोतर छुट्टाएर गल्ने सडने सडनशील एवं गैर सडनशील छुट्याउने एवम् फोहरलाई प्रसंस्करण एवं कमभन्दा कम फोहरलाई लैण्डफिल साइटमा पठाउने रहेको छ । जसले प्रतिकृया विहिन एवं गैर शडनशीलका रुपमा अपशिष्ट प्रवन्धन गर्न सकिँदैन तीनलाई मात्र लैण्डफिल साइटमा पठाइने छ । तर यस्को मात्रा कूल अपशिष्टको २० प्रतिशतमात्र हुनपर्ने छ । अर्थात यस्को मुख्य आशय शहरहरु लैण्डफिलबाट मुक्त होस सबै अवशिष्टहरुलाई संकलन गरी पुनः प्रसंस्करण गर्ने । यसो गर्दा यसले लैण्डफिल साइटले ओगटेन जमिन मुक्त गर्नेछ । पर्यावरणीय विवादहरुलाई रोक्न मद्दत पुर्याउने छ ।
अब यी पारम्परीक लैण्डफिलसहरुमा अपशिष्टहरुलाई बायो माइनिङग गरेर तीनलाई पुनः प्रयोग गर्नका लागि विचार पूर्वक रणनीतिको आवश्यकता छ । शहरहरुबाट पनि यी लैण्डफिल साइटहरुमा फोहोर मैला पठाउन बन्द गर्नुपर्ने हुन्छ । अन्यथा सफा गरिएपछि पनि ती भरिने छन् । त्यसैले गैर सडनशील फोहोर प्रवन्धन रणनीति यस्तो बनोस जस्ले वस्तु खपत पछि पुनःप्रयोग गर्न सकियोस । यो असल चक्रिय अर्थव्यवस्थाको लक्ष्यमा पुर्नःप्रयोग गर्ने एवं बेकार नराख्नेमा जोड दिनु पर्नेछ । अनीमात्र हामी सिक्ने छांै किन कस्ता वस्तुहरु हामी पुनर्चक्रिय गर्न सतैनौ अनी यस्ता सामाग्रीहरुको उपभोग उपयोग कम गर्ने छांै । यस्ता नीति एव व्यवस्थाले अझ बढी पर्यावरण हितैषि बनाउने छ । नीति नियमत विकाशीत होलन तर हाम्रो बानी व्यहोरामा पनि सोहि अनुरुप परिवर्तन हुनु पर्नेछ ।
श्रोत स्थलमा अपशिष्तलाई पृथक गर्ने अहिले पनि हाम्रो कमजोर पक्ष हो । जुनस्तरमा एवं जुन तीव्र गतिमा हुनुपर्ने हो । त्यो हुन सकेको छैन । यदि घरेलुस्तरमा अपशिष्टलाई पृथक गरिए पनि ती पृथकरुपमा प्रसंस्करण इकाईहरुमा पुग्दैनन् ।
साचो कुरा त यो छ प्रसंस्करण दुर्घटनावश भई राखेको छन् । त्यो पनि यस कारण समुदायमा यस्ता मानिसहरु पनि छन्, जसलाई साझ बिहान हाथ मुख जोर्न फोहर मैला चाहिन्छ । यीनलाई हामी फोहर छान्ने मानिस भन्छौ । विभिन्न टोल चौकहरुमा बोरा थैला बोकी हिँड्ने प्रसस्त समूह देखिनु पनि यसै कारणले होला महानगरपालिकाहरुले यी फोहोरहरु प्रसंस्करण एवं प्रभावित तरिकाले व्यवस्थापन गरी यसबाट आम्दानी गर्ने विकल्पमा काम गरी राखेका छन् । नराम्रो त यो छ की, पलाष्टिक फोहरहरु जस्को ठूलो मात्रा प्याकेजिङ्गमा आउछ, हाम्रो शहरी एवं गाउँहरुमा बढ्दो छ । हामी अहिले पनी यो स्वीकारदैनौ कि धेरै जसो प्लास्टिक जसलाई हामी उपयोग गर्दछांै, तीनलाई पुनर्चक्रिय रिसाइकल गर्न सक्तैनौ । यीनको प्रयोग बन्द गरीनु पर्छ । सिङगल युज प्लास्टिकको वर्तमान नीति जस्मा केही उत्पादनहरुको चयन यसलाई भविष्यमा खतम गर्न गरिएको थियो । यस बृहद समास्यालाई निराकरण गर्न बाँकी छैन । हामी विकाशको एउटा रोमान्चक चरणमा छौं । जहा शहर व्यवस्थाका नेता, अपशिष्ट रणनीतिहरुमा दोहर्याएर काम गर्दैछन् ।
प्रत्येक वर्ष इलेक्ट्रोनिक फोहर उत्पादन हुने गर्दछ । चीनको विशाल पर्खालभन्दा ठूलो दुखको कुरा यो छ कि विश्वमा धेरै जसो ई-वेस्ट, इलेक्ट्रोनिक फोहोरलाई यतिकै डम्प गरिन्छ । जुन पर्यावरणको लागि खतरा मानिन्छ । बेकार इलेक्ट्रोनिक एवं बिजुलीका उपकरणहरुको यस पहाडको वजन चीनको विशाल पर्खालभन्दा पनि बढी छ । जुन धरतिमा मानवद्वारा निर्मित सबैभन्दा ठूलो कुरा मानिन्छ । त्यहि गत साल जारी गरिएको ग्लोबल इ-वेस्ट मोनिटर रिपोर्ट २०२० का अनुशार वर्ष २०१९ मा करिब ५.४ करोड मैट्रिक टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो । यो २०१४ पछिका पाँच पछिल्ला वर्षहरुमा करिब २१ प्रतिशतले बढी सकेको छ । त्यहि अनुमान गरिन्छ कि २०३० सम्म यो बढेर ७.४ करोड मेट्रिक टनसम्म पुग्ने छ ।
एक्लै एशियामा २०१८ दौरान युनिमांमा सबै भन्दा बढी करिब २.५ करोड मेट्रीक टन इ-फोहोर उत्पन्न भएको थियो । त्यसपछि अमेरीकामा १.३ करोड टन, युरोपमा १.२ करोड टन, अफ्रिकामा २९ लाख टन, ओशिनियामा करिब ७ लाख टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको अनुमान गरिन्छ । आउँदो १६ वर्षहरुमा ई-फोहरको यो मात्रा करिब दुई गुणन हुनेछ ।
बढ्दो ई-फोहरका कारण ?
आज जसरी दुनियाभरीमा इलेक्ट्रिकल एवं इलेक्ट्रोनिकस वस्तुका सामाजप्रति चाहना लगाव बढ्दो छ । त्यो आफंैमा एउट ठूलो समस्या भएको छ । समयका साथै यी उत्पादनमा धेरै तेजीले परिवर्तन आउछ । जसका कारणले यीनलाई तीव्रता साथ परिवर्तन एवं परिमार्जन गरिँदो छ । नतिजन यसबाट उत्पादन हुने इलेकट्रोनिक फोहर पनि तेजीले बढ्दो छ कैयांै देशहरुमा यी इलेक्ट्रोनिक उत्पादनहरुको मरमतको सिमित व्यवश्था छ । यदि भए पनी यीनलाई मरमत गराउनु महंगो पर्दछ । यस्तोमा जब कुनै इलेक्ट्रोनिक उत्पादन बिग्रन्छ मानिसहरु त्यसलाई ठीक गराउनुको साटो बदलिन बढी सजिलो ठान्दछन् ।
यतीमात्र होइन इलेक्ट्रोनिक उत्पादनहरुको विद्युतीय जन्य फोहर मैला फोहर कि मोहर
वैश्विक ई-वेस्ट अनुगमन प्रतिवेदनका अनुशार २०१९ मामात्र १७.४ प्रतिशत विद्युतीय जन्य संकलन गरी पुनर्चक्रन गरिएको थियो । यस्को अर्थ बाँकी ८२.६ प्रतिशत फोहरमा भएको फलाम तामा चांदि सुन टैन्टम गैलियम इन्डीयुम, अट्रियम जस्ता अन्य बहुमुल्य धातुहरुलाई यतिकै या डम्प गरियो या जलाइयो । यस्तो माथि फोहर मैला भएका मुल्यवान धातुहरु जसलाई पुनः प्राप्त गर्न सकिने थियो ती खेर गए । यसबाट संसाधनहरुको बरबादीका साथै पर्यावरणमा पनी दबाब बढ्दो छ ।
अध्ययन कर्ताहरुका अनुशार उधाहरणको लागि यदि हामीले करिश १० लाख मोबाइल फोनलाई हेर्यौ भने तीनमा २४ किलो सुन १६ हजार केजी तामा ३ सय ५० केजी चाँदी एवं १४ केजी पैलेडियम हुन्छ । यदि यस फोहरको कूल मूल्यको कुरा गर्ने हो भने यो करी ८.६ लाख करोड रुपैयाँ बराबरको थियो । जुन कतिपय कुलुकहरुको जिडिपीभन्दा बढी छ । पुनर्चक्रिकरण गरे यो पुन प्राप्त गर्न सकिन्छ ।
सामान्य तया यी फोहोरलाई फ्याकिन्छ तर यदि ठीक तरिकाबाट नियन्त्रण एवन् प्रबन्धन गरिने हो भने यस्ले आर्थिक विकाशमा मद्दत गर्न सकने छ । यो कुरा हाम्रो आफ्नो परिपेक्षमा पनि लागू हुन्छ ।
एउटा अनुमान अनुसार प्रत्यक टन ई-फोहोर पुनर्चक्ररण गर्दा करिब २ टन कार्वन उत्सर्जनलाई कम गर्न सकिन्छ । यस परिपेक्षमा हेर्ने हो भने यदि २०२२ मा उत्पन्न हुने सबै ई-फोहोर लाई पुनर्चक्ररण गरियो भने । त्यसबाट करिब २२.८ करोड टन कार्वन उत्सर्जनलाई रोक्न सकिने छ । यदि ई-फोहोरकोे भित्र भएको मूल्यबान सामाग्रीलाई पुनः उपयोग एवं पुनर्नविकरण गरियो भने त त्यसलाई फेरी प्रयोग गर्न सकिने छ । यसबाट संसाधनहरुको बरवादी पनि रोकीने छ साथै सर्कुलर अर्थ व्यवस्थालाई पनि टेवा पुग्ने हुन्छ । त्यसको लागि शहरी फोहोर मैला व्यवस्थापन प्रति हाम्रो समग्र व्यवहार परिवर्तन हुनु आवश्यक छ ।
सेवा निवृत प्रमुख भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर