कल्पना पौडेल ‘जिज्ञासु’ का गजल
Saturday, July 23rd, 2022, 9:54 am
Kalpristha
दुधेबच्चा छोडी बिदेशीने कुनै आमाको रहर हुँदैन
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हुँदन्र
प्रवासमा छीन् पुरुष बाटै शोषित पीडित कैयौं नारी
उनको त्याग र साहासको किन कहिल्यै कदर हुँदैन ?
मनोरन्जको साधन ठानी यौवन तृष्णा त्यो मेटाए
चरित्रहिनको संज्ञा दिंदै नपुकारेको सफर हुँदैन ।
धर्ती बनी सहीदिन्छीन् उनी अनेकौं पीडा असिना बादल
धैर्यको खानी आमाको दिलमा तर कुनै असर हुँदैन ।
अवला बनाई महिला माथि अत्याचार छन् समाजमा
महिला हकहित निकायमा त्यस्को कुनै खबर हुँदैन ।
नियतिले दियो चोटैचोट हजार जिन्दगीमा
मिलेन मलाई कसैको नि प्यार जिन्दगीमा !
झिनो अभिलाषा छ अझै हृदयको कुनाभित्र
आउँछ की सायद खुसीको बहार जिन्दगीम !
बढ्दो उमेर यो कठिन यात्रा भरि साथ दिने
मिलेमा क्वै सहयात्री छ स्वीकार जिन्दगीमा !
वासन्ती पालुवा पलाएछन् यो चञ्चल मनमा
छाउन थाल्यो यौवन भरि निखर जिन्दगीमा !
जलीजली मैन झैं खुसी बाँड्ने ‘जिज्ञासु’ लाई
गर्नु गर्यो जिन्दगीले अत्याचार जिन्दगीमा
शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो ।
धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो ।
हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो ।
जरा गाडेकै छ समाजमा जातधर्म छुवाछुतले
बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो ।
हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौं सबै हामी
सयौंफूल जोडी एकताको माला उन्ने सरकार चाहियो ।
खजुरा, बाँके