सुदूरपश्चिम र बानालाई उपाधि
Monday, July 25th, 2022, 7:11 pm
Kalpristha
काठमाडौं, ९ साउन
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजनक बाना च्याम्पियन बनेका छन् ।
गएराति भएको फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित ग¥यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।
महिलाको फाइनलमा म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।
प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिलामा रमिला तण्डुकार बनिन् ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो ।
महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताल पाँच सय ५५ डलर हात पायो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए ।
बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी , महाबाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।