काठेपुल बगाउँदा आवतजावतमा कठिनाई
Monday, July 25th, 2022, 7:19 pm
Kalpristha
विष्णु देवकोटा
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ९ स्थित चुँगाड खोलामाथिको काठेपुल बाढीले बगाएपछि आवतजावत बन्द भएको छ । आइतबार रातीदेखि परेको अविरल बर्षाले चुँगाड खोलामा बाढी आएको बाढीले काठेपुल बगाएपछि आवतजावत बन्द भएको हो ।
त्रिपुरासुन्दरी सुन्दरी नगरपालिका वडानम्बर ९, १० र ११ गरेर तीन वडाका बासिन्दालाई नगरपालिका केन्द्रको त्रिपुराकोटवगरमा आउन समस्या भएको छ ।
काठेपुल बगाएपछि नगरकेन्द्र र सदरमुकाम दुनै जानको लागि लिकु चुँ धापु मुहुँ हुम र बन्तडीका बासिन्दालाई समस्या भएको त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका वडाअध्यक्ष ललित गिरीले बताए ।
चुँ गाड खोलामाथि काठेपुल बगाउँदा जगदुल्ला गाउँपालिका र जुम्ला जिल्लाका बासिन्दाको समेत सदरमुकाम दुनै आउतजावत ठप्प भएको छ ।
एक घन्टामा नगरकेन्द्रमा पुगिने अवस्थामा काठेपुल बगाएपछि झण्डै तीनघन्टा लामो बाटो फिरेर जानु पर्ने बाध्यता आइपरेको स्थानीय रुप बुढाले बताए ।
केहिदिन यता डोल्पामा लगातारको बाढीले पुलपुलेसा बगाउनुका साथै विभिन्न स्थानमा रहेका बाटोहरु समेत भासिएकाले सजग र सर्तक भएर हिडडुल गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।